तेस्रोलिंगीलाई फसाउन खोज्दा…

तेस्रोलिंगीलाई फसाउन खोज्दा…

मकवानपुर (पहिचान) भदौ ३१ – बालिका बलात्कारको आरोप लागेकी तेस्रोलिंगी महिला अजिता भुजेल धरौटीमा रिहा भएकी छन् । मकवानपुर घर भएकी उनलाई जिल्ला अदालत मकवानपुरका न्यायधिश कृष्णराम कोइरालाको इजलाशले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । कोइरालाको एकल इजलासमा भएको बहसमा भुजेलका तर्फबाट अधिबक्ता पे्रमबहादुर थापा र सुजन पन्तले बहस गरेका थिए । थापा र पन्तले बहस गर्दै तेस्रोलिंगी महिलाको यौन झुकाव महिलातर्फ नहुने भन्दै भुजेलले बालिका बलात्कार गर्नै नसक्ने जीकिर गरे ।

भुजेलले प्रहरी र अदालत समक्ष दिएको बयानमा बालिका बलात्कार भएको भनिएको दिन भदौ ६ गते बिहान ९ देखि बेलुकी ५ बजेसम्म पौडी खेल्नका लागि खोलामा गएको उल्लेख हुनु र बलात्कार दिउसो २ बजे भएको भन्ने बालिकाको बयानका कारण घटना आधारहिन भएको अधिबक्ता द्वय थापा र पन्तले तर्क गरेका थिए । बालिकाको तर्फबाट भने सरकारी वकिलले बहस गरेका थिए । Untitled-1 (2)
न्यायाधिश कोइरालाले दुवै पक्षका कानुन व्यवसायीलाई आरोप पुष्टी हुने पर्याप्त प्रमाण पेश नगरेकोमा जिज्ञासा राखे । बहसमा अधिबक्ता थापाले अदालत सामु बाउले छोरी मारेको, वेचविखन गरेको, खोलामा बगाएको जस्ता घटनासमेत आउने गरेको स्मरण गर्दै यो घटनामा पनि लेनदेन बापतको पैसा नतिर्न र यसै कारण उत्पन्न विवादलाई प्रतिशोध साध्नका लागि छोरीको प्रयोग गरेको हुन सक्ने वताए । अर्का अधिबक्ता पन्तले भुजेल र आरोप लगाउने बालिकाकी आमाबीच आर्थिक लेनदेन रहेकाले सोही विषयमा कुरा नमिलेपछि बलात्कारको आरोप लगाएको हुन सक्ने बताए । यो बिषय सामान्य फौजदारी अभियोगको रुपमा मात्र नहेरी यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको पहिचान, प्रतिष्ठा र अधिकारसँग जोडिएको बिषय पनि हो अधिवक्ता पन्तले भने, मुलुकी ऐन अदालती वन्दोवस्तको महलको ४७ नम्वर बमोजिम साधारण तारिखमा रिहा गरियोस ।
तेस्रोलिंगी भुजेलले आँफुले बालिकाकी आमालाई दिएको पैसा माग्दा नदिएपछि उनले आँफु माथि बलात्कारको आरोप लगाएको गुनासो गरिन् । स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा भुजेललाई प्रहरीले भदौ ११ गते पक्राउ गरेको थियो ।
यसैबीच, फैसलापछि आँफुले न्याय पाएको प्रतिक्रिया दिदै भुजेलले बिस्तारै समलिंगी तेस्रोलिंगीले पनि न्याय पाउन थालेको बताइन् । सदियौं वर्षदेखी अपहेलना र विभदेमा रहेको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले अब भने न्याय पाउन थालेको फैसला सुन्न पुगेका समलिंगी तेस्रोलिंगीले बताए । विभिन्न आरोप लगाएर फसाउने गरेको स्मरण गर्दै उनीहरुले अब भने प्रहरी प्रशासन कसैको निराधार आरोपका पछि नलाग्ने विश्वास ब्यक्त गरे ।
असोज ३ गते जारी गर्न लागिएको नयाँ संविधानमा यौनिक तथा लैगिक अल्पसंख्यकका पनि अधिकार उल्लेख छ । विश्वमै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकार संविधानमै सुरक्षित गर्ने नेपाल दोस्रो राष्ट्र हो । यसअघि दक्षिण अफ्रिकाले समलिंगी तेस्रोलिंगीका अधिकार संविधानमा उल्लेख गरिसकेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading