यौनिक तथा लैगिंक अल्पसंख्यकद्धारा नेपालको संबिधान २०७२ को स्वागत

यौनिक तथा लैगिंक अल्पसंख्यकद्धारा नेपालको संबिधान २०७२ को स्वागत

629
SHARES

काठमाडौं (पहिचान) असोज ३ – यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यले नेपालको संबिधान २०७२ जारी भएकोमा खुशी व्यक्त गरेका छन् । संबिधानमा पहिलो पटक आफ्नो समूदायको अधिकार लेखिएकोमा स्वागत गर्दै ‘नेपालको संविधान २०७२’ले संबैधानिक अधिकार प्रदान गरेकोमा खुशी व्यक्त गरेका हुन् । नेपाल लैगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई संबैधानिक अधिकार दिने मुलुकहरुको सूचीमा नवौ नम्वरमा परेको छ । नेपालमा अधिकारको पाठ सिकाउन आउने विकसित विश्वका देशहरुलाई पनि यो समूदायको अधिकार संबिधानमा लेखिएकोमा गर्वसाथ आह्वान गर्ने अवस्थामा नेपाल पुगेको छ ।

यो समूदायको अधिकार संबिधानमा लेखाउन पूर्व सभासद् सुनिलबाबु पन्तको महत्वपूर्ण योगदान रहेको भन्दै देशभरका यौनिक तथा लैगिंक अल्पसंख्यकले पन्तलाई भुल्न नसकिने प्रतिक्रिया दिएका छन् । यो समूदायको अधिकारका लागि लड्दै आएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले संयुक्त रुपमा बिज्ञप्ती निकालेर लैगिंक तथा यौनिक समूदायका सदस्यहरु आफू एक पूर्ण नेपाली नागरिक भएको महसुश गरेको उल्लेख गरेका छन् ।CA 2

संबिधानमा अन्य समूदायका भन्दा निकै कम हक अधिकार लेखिए पनि देशले निकाश पाएको र बिश्वकै थोरै मात्र संबिधानहरुमा लेखिएको लैगिंक तथा यौनिक समूदायको अधिकार आज नेपालको संबिधानमा पहिलो पटक यसरी हाम्रो पहिचान स्थापित हुने गरी, नेपालको सार्वजनिक सेवा तथा राज्य संयन्त्रमा लैगिंक तथा यौनिक समूदायको पनि समानता र समावेशी हुने गरी संबिधान आएकोमा हामी उत्साहित भएका छौ बिज्ञप्तीमा भनिएको छ ।
थप अधिकारका लागि हाम्रो अहिंशा अभियान आउने दिनमा पनि जारी रहने बताउँदै बिज्ञप्तीमा पहिलो संबिधान सभा र अहिलेको संबिधान सभाका सबै सभासद्लाई अहिलेको संबिधानमा अधिकार लेख्न महत्वपूर्ण भूमिका खेलिदिएकोमा धन्यवाद समेत दिएका छन् । संबिधानमा लेखिएको अधिकार कार्यान्वयनमा ल्याउन सबैको साथ र सहयोगको अपेक्षा गर्दै यो समूदायले आम नेपालीसँग मिलेर नयाँ, समावेशी र उन्नत नेपाल निर्माणमा लाग्ने अठोट पनि व्यक्त गरेको छ । यो समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले देशले नयाँ संबिधान पाएकोमा सबैलाई बधाई दिएका छन् ।

समाचार शेयर गर्नुहोस्
629
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.