लोकल भालेको तयारीमा रहेका काफ्ले भन्छन्ः समलिंगी तेस्रोलिंगीबारे गीत गाउन सकिन्छ

लोकल भालेको तयारीमा रहेका काफ्ले भन्छन्ः समलिंगी तेस्रोलिंगीबारे गीत गाउन सकिन्छ

काठमाडौं (पहिचान) असोज ८ – चर्चित लोकदोहारी गायक भोजराज काफ्लेले सबै नागरिक सरह यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका ब्यक्तिले पनि समान अधिकार पाउनु पर्ने बताएका छन् । “सबै नागरिक समान हुन् । राउटे, कुसुण्डा होस या पछि परेको सबैले आधिकार पाउनु पर्छ,” गायक काफ्लेले भने,“ नागरिक भइसकेपछि अधिकार पाउनु उसको अधिकार हो ।”
रेडियो कार्यक्रम पहिचानसँगको अन्तरंग छलफलमा उनले भने अधिकारका लागि गीत संगीतको प्रयोग भइरहेको सन्दर्भमा समलिंगी तेस्रोलिंगीबारे गीती एल्बम निकाल्न सके राम्रो हुने बिचार ब्यक्त गरे । “जसरी तीजका गीत गाइन्छन्, दलितका गीत निकालिन्छन्, राजनीतिक आस्थाका आधारमा गीतहरु गाइन्छन् उनले भने त्यसरी समलिंगी तेस्रोलिंगीबारे पनि गीत निकाले राम्रो हुने थियो ।”
आजसम्म कुनै पनि राष्ट्रिय स्तरको गायक गायीकाले समलिंगी तेस्रोलिंगीलाई लक्षित गरेर गीत ननिकालेको सन्दर्भमा गायक काफ्लेले भने, “गत सालको तीजको अवरमा यही समुदायको एक ब्यक्तिले तीज गीत निकालेको मैले सुनेको थिँए । मेरो मनमा यसबारे कुरा आएन । मलाई अब यसबारे पनि गीत गउन सकिन्छ जस्तो लाग्यो । यसमा पनि गर्न सकिन्छ । हेरौं समलिंगी तेस्रोलिंगीबारे गीत गर्न सकिन्छ कि ?”
राजनीतिक कुराकानी गर्न त्यती धेरै नरुचाउने गायक काफ्ले अधिकार लेख्न जिम्मेवारी जसले लिएको हो त्यसैले काम गर्नु पर्ने बताउँछन् । “सभासदहरु छन्, सरकार छ । अघिल्लो संविधानसभामा यही समुदायबाट पनि हुनुहुन्थ्यो । उहाहरुको काम हो । म यति मात्र भन्छु । गायक काफ्लेले भने हामीलाई गीत गाउन दिनुस् । हामी गीतबाटै समाजमा रहेका बिकृति बिसंगतीबारे बोल्छौं । मेरो रक्सीको बोत्तलले…..गीत त्यसको एउटा उदाहरण हो ।”
एक हप्ता पछि लोकल भाले नामक दोहरी गीत सर्बाजनिक गर्ने तयारीमा रहेका गायक काफ्ले सांगीतिक क्षेत्रलाई ब्यबस्थित बनाउने काम स्वयम कलाकारसँगै राज्यको पनि भएको बताउँछन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.