संबिधानमा अधिकार लेखिनु महत्वपूर्ण उपलव्धी : समलिंगी तेस्रोलिंगी

संबिधानमा अधिकार लेखिनु महत्वपूर्ण उपलव्धी : समलिंगी तेस्रोलिंगी

IMG_20150925_160844762काठमाडौं (पहिचान) असोज ८ – अब त संबिधानमा अधिकार लेखियो । नुवाकोटबाट यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजमा आएका ६५ बर्षका मंगली तामाङ खुबै हौसिए । लिखु गाविसका मंगली हेर्दा पुरुष जस्तो लागे पनि आफूलाई महिला भन्छिन । सबैले दिदि भनेर बोलाउँछन मंगलीले भनिन्, म जस्ता व्यक्तिको संबिधानमा अधिकार लेखिएकोमा खुशी लागेको छ । उनलाई समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई लगायत यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यले स्वागत गरे ।

IMG_20150925_151709933 (1)संबिधानमा अधिकार लेखिएकोमा खुशी हुँदै नाँच गान गरिरहेका समलिंगी तेस्रोलिंगीलाई देखेर मेरो मन फुरुङ भो मंगलीले भनिन, मेरो गाउँमा लगेर मलाई नपुंसक भन्नेहरुलाई देखाउनु छ । अब त कति पो बाचिन्छ होला, भाई बुहारीले माया गर्छन, म खुशी छु तर केही केहीले नपुंसक भन्दा धेरै चित्त दुख्छ मंगलीले रुदै भनिन्, यति धेरै समलिंगी तेस्रोलिंगी छन भन्ने पहिले थाहा पाएको भए म चित्त दुखाएर बस्नु पर्ने रहेनछ ।

IMG_20150925_153531526नील हिरा समाजले संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकारबारे जानकारी गराउन र खुशीयाली मनाउन आयोजना गरेको कार्यक्रममा अब संबिधानमा यो समूदायका सदस्यलाई विभेद गर्न पाइदैन भनेर लेखिएको छ भन्दा अरुसँगै मंगलीले तालि पिटिन । कार्यक्रममा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेम वहादुर थापाले संबिधानमा लैगिंक पहिचान अनुसार नागरिकता दिने भनेकाले यो समूदायका सदस्यले सहज रुपमा अन्य उल्लेख गरेर नागरिकता पाउन सक्ने वताए ।IMG_20150925_152909699

समानताको हकमा यो समूदायका सदस्यलाई विभेद गर्न पाइने छैन भनेर लेखिनु, शारीरिक अवस्था, स्वास्थ्य स्थिति, वैवाहिक स्थितिका आधारमा विभेद गरिदैन भन्नु यो समूदायको महत्वपूर्ण उपलव्धी भएको थापाले वताए । सामाजिक न्यायको हकमा यो समूदायका सदस्यलाई राज्यको हरेक निकायमा प्रतिनिधित्व गर्न पाउने अधिकार लेखिनु र समावेशी आयोग गठन गर्ने उल्लेख हुनु खुशीको कुरा भएको उनले वताए । संबिधानमा वैवाहिक स्थिति लेखे पछि समलिंगी विवाह गर्न पाइन्छ त भन्ने प्रश्नमा अधिवक्ता थापाले विवाह गरेकै आधारमा विभेद गर्न नपाइने वताए ।

संबिधानमा हाम्रो अधिकार लेखिएकोमा हामी खुशी छौ समलिंगी तेस्रोलिंगीले भने, अधिकार लेखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रा अभिभावक सुनिलबाबु पन्त साथमा नहुनु भएकोमा भने दुख लागेको छ । पूर्व सभासद् एवं यो समूदायको अधिकार प्राप्तिका अभियन्ता पन्तलाई सबैले धन्यवाद दिए । पन्त हाल बेलायतमा छन् । पन्त पहिलो संबिधान सभामा सदस्य थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.