तेस्रोलिंगी शिल्पालाई अन्य उल्लेख भएको नागरिकता

तेस्रोलिंगी शिल्पालाई अन्य उल्लेख भएको नागरिकता

दाङ (पहिचान) असोज १५ – जिल्ला प्रशासन कार्यालय दाङले पहिलो पटक लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता प्रदान गरेको छ । दाङ चौलाहीकी तेस्रोलिंगी बल बहादुर चौधरी शिल्पाले जिल्लाबाट पहिलो पटक लिंगको महलमा अन्य भएको नागरिकताको प्रतिलिपि लिएकी हुन् । उनले यसअघि लिंगको महलमा पुरुष उल्लेख भएको नागरिकता लिएकी थिइन ।

जन्मदा महिला हुर्कदै बढ्दै जादाँ पुरुष र जन्मदा पुरुष हुर्कदै बढ्दै जादाँ महिला स्वभाव, हाउ भाउ हुनेलाई तेस्रोलिंगी भनिन्छ । शिल्पा तेस्रोलिंगी महिला हुन् । शिल्पाले आफू तेस्रोलिंगी भएको र नागरिकतामा पुरुष उल्लेख भएकाले अन्य उल्लेख भएको नागरिकता पाउनका लागि लमही नगरपालिकामा निवेदन दिएकी थिइन ।

शिल्पाको निवेदन अनुसार नगरपालिकाले तेस्रोलिंगी शिल्पालाई लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता दिन जिल्ला प्रशासन कार्यालय दाङमा सिफारिस गरेको थियो । आफूले सहज रुपमा अन्य उल्लेख भएको नागरिकता पाएको शिल्पाले वताइन । म धेरै खुशी छु शिल्पाले भनिन्, दाङमा बधाई पाइरहेको छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading