‘तेस्रोलिंगी मुस्कान निर्दोष ठहर’

‘तेस्रोलिंगी मुस्कान निर्दोष ठहर’

काठमाडौं (पहिचान) असोज २१ जिल्ला अदालत काठमाडौंले तेस्रोलिंगी मुस्कान केसीलाई निर्दोष ठहर गरेको छ । न्यायधिश तेजेन्द्र प्रसाद शर्मा साप्कोटाको एकल इजलासले तेस्रोलिंगी केसीलाई निर्दोष ठहर गर्दै सफाई दिने फैसला गरेको हो । मुस्कान माथि लागेको अभियोग दावी प्रमाणित हुन नसकेकाले सफाई दिने फैसला भएको अदालतका श्रेष्तेदार धुव्र उप्रेतीले जानकारी दिए । फैसलाको पूर्ण पाठ तयार भइरहेको छ उप्रेतीले भने, मुस्कान माथि लगाइएको अभियोग दावी प्रमाणित हुन नसकेकाले सफाई दिइएको हो ।

मुस्कानलाई महानगरिय प्रहरी प्रभाग जनसेवाले गएको साउन २९ गते भोटाहिटीबाट पक्रेको र पठनाकुमार लामालाई जाहेरी दिन लगाएर १९ दिनसम्म हिरासतमा राखेको थियो । अदालतमा जाहेरी दिने पठनाकुमार लामालाई प्रहरीले उपस्थित गराउन नसकेको र जाहेरीमा लेखिएको भाषा प्रायोजित जस्तो देखिएको मुस्कानको पक्षमा बहस गरेका अधिवक्ता प्रेमबहादुर थापाले वताए । अर्का अधिवक्ता सुजन पन्तले १५ हजार रुपैयाँ चोरी भएको तर मुस्कानको साथमा ५ हजार रुपैयाँ मात्रै भेटिएको प्रहरी आफैले वताएकाले मुस्कानलाई प्रहरीले झुटा मुद्धा लगाएर फसाउन खोजेको प्रष्ट देखिएको वताए ।

महानगरिय प्रहरी प्रभाग जनसेवाका प्रहरी उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोलीले काभ्रे चाँपापोखरीका पठनाकुमार लामाको १५ हजार रुपैयाँ चोरी गरेको आरोपमा मुस्कानलाई पक्रेको थियो । चोरेर भाग्दै गर्दा पक्रेको भनिएपनि मुस्कानको साथबाट ५ हजार रुपैयाँ मात्रै रहेको प्रहरीले अदालतमा लिखित वयान दिएको थियो । न्यायधिश शर्माको इजलासमा अधिवक्ता प्रेमबहादुर थापाले विना प्रमाण तेस्रोलिंगी मुस्कानलाई प्रहरीले चोरीको आरोपमा फसाएको वताए ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले प्रहरीको यस्तै विभेद, दुरव्यवहार विरुद्ध राष्ट्रिय मानवअधिकार आयोग पुग्ने गरेको र दोषी देखिएका प्रहरीलाई नसियत समेत भएकाले प्रहरीले विभिन्न झुटा आरोपमा पक्रेर त्रास देखाउने गरेको समाजकी अध्यक्ष पिंकी गुरुङले वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading