यौनिक तथा लैगिंक अल्पसंख्यकहरुले आम मानिस सरहको अधिकार पाउनुपर्छ : चौधरी

यौनिक तथा लैगिंक अल्पसंख्यकहरुले आम मानिस सरहको अधिकार पाउनुपर्छ : चौधरी

841
SHARES

काठमाडौं (पहिचान) असोज २९ – मधेसी जनअधिकार फोलम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले समलिंगी तेस्रोलिंगी समुदायलाई आम नागरिक सरहको अधिकार प्राप्त हुने बताएका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको अधिकारको आवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले समाजका कुनैपनि नागरिकलाई विभेद गर्न नपाइने बताए ।
‘हामीले अधिकारकै स्थापनाका लागि आन्दोलन र संघर्षबाट संविधानसभासम्म पुगेका हौं, त्यसैले कसैलाई पनि अधिकारबाट बञ्चित गरिनुहुदैन’ चौधरीले भने, ‘समलिंगी तेस्रो लिंगीहरुलाई पनि अधिकारबाट बञ्चित गराउन हुँदैन ।’ उनले मानवअधिकारको पक्षमा हुने सबै आन्दोलनलाई आफ्नो समर्थन रहेको भन्दै समलिंगी तेस्रोलिंगीको अधिकारको आवाज पनि मानवअधिकारको पक्षमा रहेको बताए ।
‘तेस्रोलिंगी हुनु भनेको कसैको इच्छा वा रहरले भन्दा पनि प्राकृतिक रुपमै उनीहरुले प्राप्त गरेको स्वभाव हो’ चौधरीले थपे, ‘प्राकृतिक रुपमा आएको स्वभावका आधारमा देखिने फरक पनका आधारमा कुनैपनि नागरिक विभेदमा पर्नु हुँदैन ।’ उनले आफूले विभिन्न मञ्चहरुमा पनि यो समुदायका अधिकारका पक्षमा वकालत गरिरहेको भन्दै अब पनि सबैको अधिकार स्थापनाका लागि लड्ने बताए ।
तराई मधेसमा भएका आन्दोलनका सबै माग राजनीतिक नभएको भन्दै राजनीतिक माग संबोधन गरेर बाँकी गैर राजनीतिक समुहलाई उचित ढंगको व्यवहार गर्नुपर्ने उनको भनाई छ ।

समाचार शेयर गर्नुहोस्
841
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.