तेस्रोलिंगी ज्योतीलाई पहिचान अनुसारको नागरिकता

तेस्रोलिंगी ज्योतीलाई पहिचान अनुसारको नागरिकता

भक्तपुर (पहिचान) कात्तिक २४ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले यौनिक तथा लैंगिक अल्पसख्यक समूदायका व्यक्तिलाई पहिचान अनुसारको नागरिकता दिन थालेको छ । प्रशासनले यो समूदायका व्यक्तिलाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकताको प्रतिलिपि दिएको हो ।

Jyoti 1भक्तपुर सिपाडोडकी तेस्रोलिंगी महिला श्री कृष्ण थापा ज्योतीले भक्तपुर जिल्लाबाट पहिलो पटक पहिचान अनुसारको नागरिकताको प्रतिलिपि प्राप्त गरिन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सहज रुपमा अन्य उल्लेख भएको नागरिकता दियो ज्योतीले भनिन्, पहिचान अनुसारको नागरिकता पाउँदा खुशी लागेको छ ।

वडा कार्यालयको सिफारिस लिएर प्रशासन कार्यालय पुगेकी थापालाई पहिलाको नागरिकतामा भएको फोटो र अहिलेको फोटो फरक रहेछ नि भनेर सोधेका थिए । ज्योती जन्मदा पुरुष हुन् भने अहिले महिलाकै गेटअप र हाउभाउमा हुन्छिन । पहिचान अनुसारको नागरिकता लिएकोमा समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले ज्योतीलाई बधाई दिएको छ ।

समाजकी अध्यक्ष पिंकी गुरुङले अन्य उल्लेख भएको नागरिकता पाउन सफल भएकोमा ज्योतीलाई बधाई दिदै जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई धन्यवाद दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading