यौनिक अल्पसंख्यकलाई पार्टी प्रवेश गर्न आग्रह

यौनिक अल्पसंख्यकलाई पार्टी प्रवेश गर्न आग्रह

598
SHARES

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) मंसिर १२ – हेटौडामा रहेका विभिन्न राजनीतिक दलले आ आफ्नो पार्टीमा आवद्ध हुन यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई आग्रह गरेका छन् । यो समूदायको अधिकारका लागि हामी बोल्छौ विभिन्न दलका स्थानीय नेताहरुले भने, समलिंगी तेस्रोलिंगीलाई स्वागत गर्न तयार छौ ।

Hetauda 2नील हिरा समाजको शाखा कार्यालय हेटौडाले दिवा परियोजनाको सहयोगमा राजनीतिक दलका नेताहरुसँग गरेको छलफलमा दलका प्रतिनिधिहरुले पार्टीमा यो समूदायलाई कुनै विभेद नहुने प्रतिवद्धता जनाए । नेपाली काँग्रेसका जिल्ला सदस्य नारायण प्रसाद लम्साल, नेकपा माओवादीका प्रतिनिधि कमान सिंह पाख्रिन लगायतले विचार मिल्ने राजनीतिक दलमा आबद्ध हुन समलिंगी तेस्रोलिंगीलाई सुझाव समेत दिए । छलफलमा फ्रेण्ड्स हेटौडाका अध्यक्ष कृष्ण बहादुर थोकरले आफ्नो समूदाय सदियौ देखि अधिकार विहिन बस्नु परेको र संस्था स्थापना गरेर अधिकार प्राप्तिका लागि संगठित दवाव दिदै आएको वताए ।

फ्रेण्ड्स हेटौडाका कार्यक्रम संयोजक सुरज थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि सक्षम रहेको वताउँदै अवसर दिन सरकार र राजनीतिक दलहरुसँग माग गरे । पहिलो संबिधान सभामा सुनिलबाबु पन्त हुनुहुन्थ्यो, उहाँले सफलता पूर्वक महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको हो थापाले भने, यो समूदायलाई खाँचो भनेको अवसरको हो, अवसर दिए हामी पनि कुशलता पूर्वक जिम्मेवारी निर्वाह गर्न सक्षम छौ । छलफल कार्यक्रममा कार्यक्रममा उपस्थित सबैले पार्र्टीगत रुपमा आ आफ्नो क्षेत्रबाट यो समुदायको आवाजलाई एजेण्डाकै रुपमा लैजाने प्रतिवद्दाता जनाएका थिए ।

यस्तै मोनो सपोर्टिङ म्यापल ग्रुप भैरहवाले नील हिरा समाज दिवा परियोजनाको आर्थिक सहयोगमा एक दिने यौनिक तथा लैंगिक अभिमुखिकरण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । सचेतना कार्यक्रममा मोनो सपोर्टिङ म्यापल ग्रुपकी सल्लाहकार मनिला न्यौपानेले समलिंगी तेस्रोलिंगी महिला पूरुष जस्तै मानव भएकाले समान रुपमा हेर्न र विभेद नगर्न आग्रह गरेकी सहकर्मी विनोद बिसीले जनाएका छन् ।

समाचार शेयर गर्नुहोस्
598
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.