निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“शारीरिक स्ट्रक्चर मात्रै त फरक हो”

“शारीरिक स्ट्रक्चर मात्रै त फरक हो”

533
SHARES

विपना पनेरु/कास्की (पहिचान) मंसिर १४  – “शारीरिक स्ट्रक्चर मात्रै त फरक हो,” महिला उत्थान तथा जागरण केन्द्र पोखराकी सचिव चमेली खाती केहीदिन अघि कास्कीको पोखारामा आयोजित एक कार्यक्रममा भन्दै थिइन्,मनोवैज्ञानिक रुपमा केही फरक मात्रै हो । अरु त सबै समलिंगी तेस्रोलिंगी पनि हामी सरह नै हुन् ।”
नेपालको नयाँ संविधान २०७२ ले संविधानमै अधिकार सुरक्षित गरे पनि अझै समाजमा चौतर्फी विभेद र लाल्छना व्यहोर्दै आएका समलिंगी तेस्रोलिंगीलाई यति भनिदिने मान्छेपनि यो समाजमा थोरै मात्रै पाइन्छ । त्योस त खातीले यति मात्रै भनिनन्, “हरेक मानवले जन्मने वित्तिकै मानवअधिकार पाउछ । यो उसको नैसर्गीक अधिकार हो । कसैले कसैलाई फरक लिंग भएकै कारण विभेद गर्न पाउदैन । त्यौ कानुन विपरित हुन्छ । गैरकानुनी हुन्छ ।”
खातीले संविधानले नै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सुरक्षित गरेको भन्दै अब उनीहरुको अधिकारका लागि महिला, दलित, सीमान्तकृत सुमदायको जस्तै समलिंगी तेस्रोलिंगीको पनि छुट्टै समन्वय समिति बनाउनु पर्नेमा जोड दिइन् । संविधानले अधिकार उल्लेख गरेसँगै अब न्यायोचित कानुनको निर्माण र त्यसको कार्यान्वयनको आवश्यकता रहेको खातीको भनाई छ । यसका लागि अधिकार खोजिरहेको स्वयम सुमदाय सजग हुनु पर्नेमा जोड दिदै उनले आफ्नो ठाउँबाट जुझारुपन देखाउन यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सुझाव समेत दिइन् ।
“सामाजिक हेराईकै कारण उनीहरु खुल्न नसक्नुको मुख्य कारण हो जस्तो मलाई लाख्छ,” अधिकारकर्मी खातीले भनिन्,“हामी सबै दक्ष छौं, हामी सबैमा शक्ति छ, हामी सबै फरक छौं र गर्न सक्छौं । त्यसैले कसैलाई कसैैले फरक हिसावले नहेरौं ।” उनले आग्रह गरिन् ।
समाजिक रुपमा सबै एकाकार नभएसम्म अधिकार प्राप्तिको अभियान सजिलो नहुने भन्दै उनले भनिन्,“हामी सबैले सबैका अधिकारका लागि एकाकार हुनु पर्छ । महिलाले महिलाका मात्रै होइन, दलितले दलितका मात्रै होइन,” उनले भनिन्,“समलिंगी तेस्रोलिंगीले उनीहरुका मात्रै कुरा उठाउने होइन सबैले सबैका कुरा उठाउनु पर्छ । सबै एकाकार भए मात्रै अधिकार प्राप्त गर्न सहज हुन्छ ।”

समाचार शेयर गर्नुहोस्
533
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.