“कानुनले समलिंगी तेस्रोलिंगी सबैलाई समान बनाउने छ”

“कानुनले समलिंगी तेस्रोलिंगी सबैलाई समान बनाउने छ”

काठमाडौं (पहिचान) पौष ११ – नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले संविधान अनुरुप बन्ने कानुनले समलिंगी तेस्रोलिंगी सहित सबै नागरिकलाई समान बनाउने बताएकी छन् । यौनिक अल्पसंख्यकको आवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै सांसद यादवले यस्तो बताएकी हुन् ।
‘संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर समलिंगि तेस्रोलिंगीलाई पहिचानको अधिकार दिइएको छ’ सांसद् यादवले भनिन्, ‘अब कानुन बनाउँदा सबै नागरिकलाई समान अधिकार सुनिश्चित गर्नेछ ।’ उनले कानुन बनाएपछि पुरुष र महिला जस्तै अवस्थामा तेस्रोलिंगी समुदायको पनि अधिकार सुनिश्चित हुने बताइन ।

कानुन निर्माणको काम संसद्को भएको भन्दै आफू सांसद रहेकाले सबैको समान अधिकारका लागि काम गर्ने यादवले बताइन । सांसद् यादवले मधेसका जायज माग पुरा गर्न ढिला हुँदा समलिंगी तेस्रोलिंगी सहित आम नागरिक समस्यामा परेको भन्दै सरकारले चाडो समस्याको समाधान गर्नुपर्ने बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.