मेरो क्षेत्रमा नेतृत्वका लागि तेस्रोलिंगी आए सहयोग गर्छु : दाहाल

मेरो क्षेत्रमा नेतृत्वका लागि तेस्रोलिंगी आए सहयोग गर्छु : दाहाल

काठमाडौं (पहिचान) पौष २६ – नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु राजनीतिक नेतृत्वमा आउन चाहेमा आफूले सहयोग गर्ने बताएका छन् । यौनिक अल्पसंख्यकहरुको आवाज रेडियो कार्यक्रम पहिचानमा कुरा गर्दै नेता दाहालले आफूले कांग्रेसको नीतिगत तहमा प्रभावित पार्न नसकेपनि आफ्नो ठाउँबाट सहयोग गर्ने बताए ।
‘नेपाली कांग्रेसले १२ औं महाधिवेसनमा नैं तेस्रोलिंगी भूमिका श्रेष्ठलाई महाधिवेसन प्रतिनिधि बनाइसकेको छ’ दाहालले भने, ‘कांग्रेसले अहिले त्यसलाई गाउँ तहसम्म लैजान सक्छ सक्दैन म भन्न सक्दिन, किन भने म नीतिगत तहमा छैन, तर म यति भन्छु, मेरो ठाउँबाट नेतृत्वमा आउन चाहेमा उहाँहरुलाई सहयोग गर्छु ।’ उनले मानिस जन्मदा कस्तो प्रकृति र स्वभाव ल्याउँछ त्यो उसको नियन्त्रणमा नहुने भन्दै त्यसका आधारमा विभेद गर्ने वा लाञ्छना लगाउन नहुने बताए ।
दाहालले नेपाली कांग्रेसले समावे्सी अभ्यास गरिरहेको भन्दै पार्टीका निकायहरुमा पनि विभिन्न समुहबाट सहभागि गराउन सक्ने बताए । कुनै पनि नागरिक जन्मेपछि देशको सार्वभौम नागरिक भएको भन्दै स्वभाव वा अन्य कारणबाट विभेद गर्न नहुने उनको भनाई थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.