भट्टराईको नयाँ शक्तीले तेस्रोलिंगीका अधिकार सुनिश्चित गर्ने

भट्टराईको नयाँ शक्तीले तेस्रोलिंगीका अधिकार सुनिश्चित गर्ने

ललितपुर (पहिचान) माघ ७ – नयाँ शक्तीको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सुनिश्चित हुने वताएका छन् । नयाँ शक्तीमा समलिंगी तेस्रोलिंगीको अधिकार सुनिश्चित हुने भन्दै भट्टराईले अधिकार पाइदैन भनेर शंका नगर्न आग्रह गरे ।

आफ्नै निवास सानेपामा पत्रकारहरुसँग नयाँ शक्तीबारे सुझाव लिएपछि उनले संबिधानले सुनिश्चित गरेका अधिकार कसैले खोस्न नसक्ने वताए । भट्टराईले समलिंगी तेस्रोलिंगी अधिकार विहिन हुन नहुने भन्दै छिट्टै गठन हुने नयाँ शक्तीमा स्वत अधिकार पाउने दावी गरे । एकीकृत नेकपा माओवादीमा छदाँ आफैले तयार गरेको घोषणा पत्र र प्रतिवद्धता पत्रमा सबै भन्दा पहिला तेस्रोलिंगीको अधिकार राखेको हो भट्टराईले भने, म अर्थमन्त्री हुँदा पहिलो पटक बजेट समेत विनियोजननै गरेको थिए ।

उनले अर्थमन्त्री हुँदा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई थप सेवा सुविधा दिने प्रयास गरेको र आफ्नो नयाँ शक्तीमा पनि यो समूदायका हक अधिकार सुनिश्चित हुने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.