समलिंगी विवाहलाई मान्यता दिन गायीका गुरुगंको सुझाव

समलिंगी विवाहलाई मान्यता दिन गायीका गुरुगंको सुझाव

काठमाडौं (पहिचान) माघ २६ – गायीका झरना गुरुगंले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई फरक पहिचानकै आधारमा विभेद हुनु दुःखद् भएको बताएकी छन् । महिला पुरुष सरह सबै नागरिक समान भएपनि फरक यौनिकता कै कारण हेय भावले हेर्नु गलत भएको उनको भनाई छ ।
समलिंगी तेस्रोलिंगीले आफ्नो इच्छा अनुसार बाँच्न पाउनु पर्नेमा जोड दिदै उनले भनिन्, ‘भोलि आफ्नै परिवारमा यौनिक अल्पसंख्यक जन्मन सक्छन्, त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?’ समलिंगी विवाहलाई मान्यता दिनु पर्ने उनको भनाई छ । ‘समलिंगी विवाहलाई मान्यता दिनु पर्छ । कि हामीले उनीहरुसँग विवाह गर्न सक्नु पर्यो, होइन भने उनीहरु आँफु आँफुबीच विवाह गर्न त दिनु पर्यो नि ।’
आँफुले ब्यक्तिगत रुपमा कहिल्यै पनि विभेद नगरेको बताउने गायीका गुरुगंले अरुलाई पनि महिला पुरुष सरहनै समलिंगी तेस्रोलिंगीलाई समान व्यवाहार गर्न आग्रह गरिन् । ‘सबै मानव नै हुन्, हुमेन विंग हो भन्ने जान्दा जान्दै किन विभेद गरिन्छ । एक पटक उनीहरुको ठाउँमा आँफुलाई राखेर हेरौं त ।’
‘कतिले यसलाई प्रकृतिको दोष हो भनेर भन्छन्, तर यो प्रकृतीको उपाहार हो । महिला पुरुष सरहर उनीहरु जन्मिए त्यसमा न उनीहरुको दोष छ न, समलिंगी तेस्रोलिंगीलाई जन्माउने बाबु आमाको नै ।’ उनले भनिन् ।
गायीका झरना गुरुगं नेपालको पहिलो रक गायीका हुन् । उनले एक्कासी नामक सोले एल्बम सन् २०१३ मा सार्वजनिक गरेकी थिइन् । गुरुगंले त्यस यता एक्कासी बोलको अर्को गीत युट्यूव मार्फत सार्वजनिक गरेकी थिइन् । उनी फेरी अर्को नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा छिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading