अन्तरलिंगी माथी हुने हिंसा अन्त्यका लागि युनेस्कोलाई सुझाव

अन्तरलिंगी माथी हुने हिंसा अन्त्यका लागि युनेस्कोलाई सुझाव

काठमाडौं (पहिचान) फागुन ९ – यूएनडीपीले अन्तरलिंगी समुदाय माथी हुँदै आएको विभेद अन्त्यका लागि युनेस्कोलाई सुझाव दिएको छ । यूएनडीपीले अन्तरलिंगी समुदाय माथी हिंसाका घटना अत्यधिक रुपमा रहेको भन्दै पहिलो पटक यस्तो अवस्थाको अन्त्यको माग गरेको हो ।

यूनडीपीले युनेस्कोलाई कस्ता किसिमका हिंसा, दुरब्यबहार र अत्याचारका घटना अन्तरलिंगी समुदायले भोगिरहेका छन् भनेर अन्तरलिंगीले भोगेका हिंसाका दुई ओटा कहानी (घटना) समेत समावेश गरेको छ ।

केन्द्रीय कार्यालय पेरीसमा हने युनेस्को छलफलमा यूनडीपीले लिने तयारी गरेको छ । युनेस्कोले यसबारे थप छलफलपछि आफ्ना सदस्य राष्ट्रहरुलाई अन्तरलिंगी समुदायभित्र पर्ने व्यक्तिहरुलाई हुने हिंसा अन्त्यका लागि पत्राचार गर्नेछ ।

यसअघी नेपालले चाइल्ड राईट कन्भेन्सन (सीआरसी) मा नेपालले अन्तरलिंगी समुदायमाथी हुँदै आएको विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न र यसका लागि सहयोग गर्न आग्रह गरीसकेको छ । नेपालका तर्फबाट यस्तो आग्रह नेपालमा समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजले गरेको संस्थाका उपनिर्देशक परशुराम राईले जानकारी दिए । सीआरसीले यसको प्रतिक्रिया आगामी अप्रिल २० पछि दिने राईले बताए ।

नेपालमा अन्तरलिंगीको अधिकार र पहिचानका लागि समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजले काम गर्दै आएको छ । समलिंगी र तेस्रोलिंगी जस्तै यो समुदायलाई पनि विभेद हुने हुँदा अन्तरलिंगीहरु आफ्नो पहिचान लुकाएर बस्ने गरेका समाजले जनाउँदै आएको छ ।

भारतसँग सीमा जोडिएका जिल्लाहरुमा यस्ता प्रकृतिका ब्यक्तिहरु घरपरिवार र समाजमा हुने हिंसा र दुरव्यबहार सहननसकी भारत पलायन हुने गरेका छन् । नेपालमा अन्तरलिंगीहरुको संख्या कति छ भनेर अहिलेसम्म कसैले पनि तथ्यांक नलिएको हुँदा यकिन जनसंख्या बाहिर आउन सकेकोछैन । यद्यपी ठूलो संख्या रहेको अनुमान गरिन्छ । समाजमा विभेद हुने भयले पविारले नै उनीहरुको यौनिकता लुकाउने गरेका कारण उनीहरुको संख्या पत्ता लगाउन सहज समेत सहज छैन ।

दुरदराजका गाउँमा अन्तरलिंगी व्यक्तिहरुलाई नपुंसक भन्ने गरेको पाइन्छ । जसको जन्मिदा महिला र पुरुष दुबैको यौनांग हुने गर्छ । दुबैको योनांग हुने यस्ता व्यक्तिमा दुई मध्य एक यौनांग केही अष्पस्ट वा सानो हुने गरेको छ । हुर्कने क्रममा दुबै योनांग समानान्तर रुपमा बढ्दै जाने वा कसैकसैमा एउटा मात्रै बढ्ने तर, अर्को भने नबढ्ने गरेको पाइन्छ । वैवाहिक संबन्धका लागि यस्ता ब्यक्तिलाई यौनांग नै बाधक बन्ने गरेको छ । त्यसैले आथिर्क रुपमा सबलहरुले सल्यक्रिया गरिददाँ मानवअधिकार हनन भइरहेको अन्तरलिंगी अधिकारकर्मी इशान रेग्मीले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading