तेस्रोलिंगी राजलाई अन्य उल्लेख भएको नागरिकता

तेस्रोलिंगी राजलाई अन्य उल्लेख भएको नागरिकता

बिपना पनेरु/कास्की (पहिचान) फागुन १६ – जिल्ला प्रशासन कार्यालय कास्कीले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई पहिचान अनुसारको नागरिकता दिन सुरु गरेको छ । कास्कीबाट पहिलो पटक परिवर्तन नेपालका मानव अधिकारकर्मी लक्ष्मी सिलवाल राजले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकताको प्रतिलिपि प्राप्त गरेका हुन् । Raj 2सर्वोच्च अदालतले २०६४ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएपछि पहिलो पटक कास्कीका बिष्णु अधिकारीले लिंगको महलमा तेस्रोलिंगी लेखिएको नागरिकता पाएका थिए । तर कास्कीबाटै अन्य उल्लेख भएको नागरिकता पाउने लक्ष्मी सिलवाल राज भने पहिलो भएका छन् । गाउँ विकास समितिको सिफारिस लिएर प्रशासन कार्यालय पुगेका राजलाई गृह मन्त्रालयको परिपत्र र निर्देशिका अनुसार अन्य उल्लेख भएको नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Raj 3राजले पहिचान सहितको नागरीकता निकाले पछि सरकारी तथा गैरसरकारी वा अन्य प्राईभेट निकायमा अन्य उल्लेख गर्न आग्रह गरेका छन् । समय समयमा म नागरीकता को विषयलाई लिएर जिल्ला प्रशासन कार्यलय धाउने गर्थे र हरेक कार्यक्रममा पनि सम्मन्वय भएकोले सहज रुपमा अन्यष् उल्लेख भएको नागरिकता पाएको राजको भनाई छ । वल्ल पहिचान सहितको नागरीकता पाएको छु, अरु सुवधिा त विस्तरै होला नि राजले पहिचान अनलाइनसँग भने, अहिलेको वदलिदो समाजसंगै पहिचान सहितको नागरीकता पाउनु नै मेरो सौभाग्य हो म धेरै खुसी छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading