“दियोले उज्यालो छरेजस्तै गरेर बस्न चाहन्छौ”

“दियोले उज्यालो छरेजस्तै गरेर बस्न चाहन्छौ”

BDS 1काठमाडौं (पहिचान) फागुन १८ -यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले आफू दियोले उज्यालो छरेजस्तै गरेर बस्न चाहने वताएका छन् । सर्वोच्च अदालतको आदेश र संबिधानमा लेखिएको अधिकार कार्यान्वयन होस्, “हामी दियोले उज्यालो छरे जस्तै गरेर बस्न चाहन्छौ यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यहरुले भने, सबै क्षेत्रमा रोजगार, समलिंगी विवाहलाई कानुनी मान्यता र पूर्ण साक्षर हुने वातावरणको सिर्जना होस् ।”

फरक पहिचानको अधिकारबारे वकालत गरेको भनेर संस्था माथि विभिन्न आरोप पनि लागे उनीहरुले भने, “ग्लोवल फण्डको ओ आइ जिले तीन बर्ष लगाएर गरेको अध्ययनले ति आरोव गलत सावित गरिदियो ।” उनीहरुले खाएको बिष मात्रै लाग्ने र नखाएको बिष नलाग्ने ओ आइ जि को भरखरै सार्वजनिक भएको प्रतिवेदनले पुष्टी गरेको वताए ।

नील हिरा समाजले युएनएड्सका प्रतिनिधिसँग आफ्नै कार्यालयमा गरेको छलफलमा समाजकी अध्यक्ष पिंकी गुरुङले सधै अधिकार विहिन बनाउने र मानवको दर्जा समेत दिन हिच्किचाउने अवस्थाको अन्त्य हुनु पर्ने वताइन । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संस्था स्थापनादेखि अहिलेसम्म प्राप्त उपलव्धी महत्वपूर्ण भएको वताइन । “२०६४ सालमा सर्वोच्च अदालतले दिएको आदेश, पहिलो संबिधान सभामा सुनिलबाबु पन्तको प्रतिनिधित्व, दोश्रो संबिधान सभामा चुनावमा समलिंगी तेस्रोलिंगी उम्मेदवार बन्नु खुशीको कुरा हो” ढकालले भनिन्, “केही पूरातनवादी सोच भएका व्यक्तिमा अझै पनि हाम्रो समूदायका सदस्यलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन राज्य तहबाटै प्रभावकारी कदम चालिनु पर्ने आबश्यकता छ ।”

समाजका उपनिर्देशक परसुराम राईले संस्था स्थापना अगाडि आफूहरु अन्धकारमा बस्न बाध्य भएको वताउँदै पन्तको नेतृत्वमा संस्था स्थापना भएसँगै अधिकार प्राप्तिको अभियानले उचाई लिदै गएको वताए । समाजको दिवा परियोजनाका सहायक निर्देशक संजय शर्माले आफ्नो समूदायमा पहिले भन्दा अहिले एचआइभी संक्रमणको दर घटेको वताए । सेभ द चिल्ड्रेन परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक प्रकाश निरौलाले अहिले पनि यो समूदायका सदस्यलाई भित्रै देखि स्वीकार गर्ने धेरै नभएको भन्दै त्यस्ता व्यक्तिको दृष्टिकोणमा परिवर्तन ल्याउने गरी काम गरिरहेको वताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन सेरचनले विभदेकारी कानुन खारेज गरेर नयाँ संबिधानमा लेखिएको अधिकार कार्यान्वयनका दवाव दिनुपर्ने वताइन । महासंघकी कार्यक्रम अधिकृत गौरी नेपालीले विभेद, दुरव्यवहार र हिंसा अन्त्यका लागि जारी अभियानलाई सबैको सहयोग आवश्यक रहेको वताइन । तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाहले नील हिरा समाजको स्थापना पछि खुल्ला मनले बस्न सकेको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading