सक्षम बन्दै अन्तरलिंगी

सक्षम बन्दै अन्तरलिंगी

काठमाडौं (पहिचान) फागुन १९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरु सक्षम बन्दै गएका छन् । समाजले उपेक्षा गरेर घरमा बस्न समेत नसकेका समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी बिस्तारै सक्षम बन्दै गएका हुन् ।
समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजले आफ्नो कार्यक्रमका लागि सम्बन्धित क्षेत्रका विज्ञलाई कन्सल्टेन्ट हायर गर्नु पर्ने अवस्थाको अब अन्त्य हुन थालेको जनाएको छ ।
“विङ्ग एलजीवीटीआई इन एसीयामा नेपालमा अन्तरलिंगीले चलाएको कार्यक्रमकाबारे खुलेर प्रशंसा भएको छ,” नील हिरा समाजका उपकार्यकारी निर्देशक परशुराम राईले भने, “अन्तराष्ट्रिय संस्थाहरुले आफ्नो रिपोर्टमा यसबारे सकारात्मक भनेर लेखिएका छन् । यो हाम्रो लागि राम्रो पक्ष हो । INTER SEX !!
केही दिन अघी काठमाडौंमा भएको अन्तरलिंगीहरुको दुई दिने कार्यशाला गोष्ठिको संचालन अन्तरलिंगी इशान रेग्मीले गरेका थिए । उक्त कार्यक्रममा देशभरका अन्तरलिंगी सँगै सरकारी निकाय र दातृ निकायका प्रतिनिधि सहभागी थिए ।
रेग्मीले दातृ निकाय इल्गा एसीयामा गएर आफ्नो संस्थाको बृत्ति विकासका लागि सहयोग मागेका थिए । उनको प्रस्तावमा इल्गाले सकारात्मक जवाफ समेत दिएको राईले बताए । अन्तलिंगीलाई अघी बढाएर उनीहरु पनि सक्षम हुन भन्दै अब सरकार र दातृ निकायले यसतर्फ ध्यान दिनु पर्नेमा राईको जोड छ ।
१० जिल्लाका अन्तरलिंगीको कहानी समेटिएको पुष्तक चाँडै सार्वजनिक हुने राईले जानकारी दिए । यो नेपालको इतिहासमै पहिलो पुष्तक हुनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading