समाजकी अध्यक्ष गुरुङलाई अन्य उल्लेख भएको राहदानी

समाजकी अध्यक्ष गुरुङलाई अन्य उल्लेख भएको राहदानी

काठमाडौं (पहिचान) फागुन २१ – नील हिरा समाजकी अध्यक्ष संजिव गुरुङ पिंकीले पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख भएको राहदानी लिएकी छन् । केही दिन अघि पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख भएको नागरिकताको प्रतिलिपि लिएकी अध्यक्ष गुरुङले अन्य उल्लेख भएको राहदानी पनि लिएकी हुन् ।

20160304_110104राहदानी विभागले नागरिकतामा उल्लेख भएको पहिचान अनुसार राहदानी वितरण गर्दै आएको छ । पहिलो पटक लिंगको महलमा अन्य उल्लेख भएको राहदानी टिकापुर कैलालीकी तेस्रोलिंगी मनोज शाही मोनिकाले लिएकी थिइन । समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिलाई गृह मन्त्रालयले पहिचान अनुसार नागरिकता दिन परिपत्र जारी गरेपछि यो समूदायका व्यक्तिलाई नागरिकता र राहदानी पहिचान अनुसार अन्य उल्लेख भएको लिन सहज भएको हो ।

समाजकी अध्यक्ष गुरुङले पहिचान अनुसारको नागरिकता र राहदानी पाउँदा खुशी लागेको वताइन् । यो त हाम्रो पहिचान हो उनले भनिन्, अब पहिचान अनुसार राज्यका निकायमा प्रतिनिधित्वका लागि संबिधानमा लेखिएको अधिकार कार्यान्वयन हुनु पर्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading