नयाँ शक्तीको केन्द्रीय परिषदमा तेस्रोलिंगी

नयाँ शक्तीको केन्द्रीय परिषदमा तेस्रोलिंगी

काठमाडौं (पहिचान) फागुन २४ – नयाँ शक्ती अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको प्रतिनिधित्व भएको छ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ती अभियानको अन्तरिम केन्द्रीय परिषद सदस्यमा यो समूदायको तर्फबाट पिंकी गुरुङको प्रतिनिधित्व भएको हो ।
Pinky Mamiसमलिंगी तेस्रोलिंगी अन्तरलिंगी र दुइलिंगी समूदायको अधिकार प्राप्तिको अभियान चलाउँदै आएको नील हिरा समाजकी अध्यक्ष समेत रहेकी गुरुङलाई नयाँ शक्ती अभियानले अन्तरिम केन्द्रीय परिषदको सदस्य बनाएको हो । यो समूदायको राजनीतिक अधिकारका लागि नयाँ शक्तीले एक जनालाई परिषद सदस्य बनाएर समावेशिताको उदाहरण प्रस्तुत गरेको छ ।
डाक्टर भट्टराईले परिषद सदस्य बनाउनु अघि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिसँग आफू नजिक हुने वताएका थिए । राजनीतिक रुपमा सक्रिय हुने तीव्र इच्छाका साथ भट्टराई नेतृत्वको नयाँ शक्तीमा आवद्ध हुन चाहेका समूदायका सदस्यले वताएपछि अध्यक्ष गुरुङलाई केन्द्रीय परिषद सदस्य बनाएको हो । अध्यक्ष गुरुङले अब राजनीतिक अभियान मार्फत अधिकार प्राप्तिसँगै देश विकासमा सक्रीय हुने वताइन् ।
“अरु राजनीतिक दलले भोट लिनका लागि आश्वासन दिदै आएका थिए,” अध्यक्ष गुरुङले भनिन्,“बाबुरामको नयाँ शक्ती अभियानले केन्द्रीय अन्तरिम सदस्य नै बनाएर हौसला बढाएको छ ।” उनले आफूले समुदायको हितका साथै राष्ट्रको नीति निर्माणमा पनि भूमिका निर्वाह गर्ने बताइन् ।
यस अघि नेकपा संयुक्तले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता सुनिबाबु पन्तलाई केन्द्रीय सदस्य बनाएको थियो । पन्त नेकपा संयुक्तकै कोटामा पहिलो संविधान सभा सदस्य बनेका थिए । पन्तको पहलमा पहिलो पटक नेपालको नयाँ संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार लेखिएको छ । त्यस्तै तेस्रोलिंगी भूमिका श्रेष्ठ, परिना चौधरी, भक्ती शाह, इशान रेग्मी नेपाली काँग्रेसमा क्रियाशिल छन् । भूमिका काँग्रेसको १२ औ महाधिवेशनमा महाधिबेशन प्रतिनिधि समेत भएकी थिइन् । काँग्रेसमा मात्रै होइन दोश्रो संविधानसभा चुनाव हुनु अघि नेकपा एमालेले पार्टी कार्यालयमा कार्यक्रम गरेर यो समूदायका सदस्यलाई पार्टी प्रवेश गराएको थियो ।

त्यस्तै मधेश समता पार्टी तेस्रोलिंगी सन्ध्या लामा, राष्ट्रिय जनमुक्ती पार्टीमा आनिक राना, राप्रपा नेपालमा मनोज शाही मोनिका लगायतका समलिंगी तेस्रोलिंगी विभिन्न दलमा आवद्ध भइसकेका छन् ।
जनयुद्धको समयमा नेकपा माओवादीमा यो समूदायका केही सदस्य सहभागी थिए तर शान्ति प्रक्रियामा आएपछि पार्टीले विर्सेको गुनासो उनीहरुले गर्दै आएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्वसभासद् सुनिलबाबु पन्तले नयाँ शक्ती अभियानको अन्तरिम केन्द्रीय परिषद naya1समावेशी बनाएकोमा बधाई दिएका छन् । यसरी nayaनयाँ शक्तिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समावेश गराएर सम्मान गर्नु खुसिको कुरा हो, अरु सवै राजनीतिक दल यस्तै समावेशी बन्दै जाउन पन्तले भनेका छन् । पन्तले पिंकीलाई शुभकामना दिदै राजनीतिमा लागेर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय मात्र नभएर सम्पूर्ण देशको अझ वढी सेवा गर्ने जिम्मेवारीमा सफलता मिलोस भनेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.