राष्ट्रिय औद्योगिक व्यापार मेलामा तेस्रोलिंगीको स्टल

राष्ट्रिय औद्योगिक व्यापार मेलामा तेस्रोलिंगीको स्टल

इन्दिरा न्यौपाने/मकवानपुर(पहिचान) फागुन २७ – गत २० गते देखि मकवानपुरमा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ मा यौनिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था फ्रेण्ड्स हेटौडाले पनि स्टल राखेको छ । मकवानपुर उद्योग वाणिज्य संघको सहयोगमा समलिंगी तेस्रोलिंगीहरुका क्षेत्रमा काम गरिरहेको संस्था फ्रेण्ड्स हेटौडाले समलिंगी तेस्रोलिंगी सम्बन्धी जनचेतना फैलाउने उद्देश्यकासाथ स्टल राखेको हो ।
Hetauda 2‘हामी मेलामा आउने बढी भन्दा बढी सहभागिहरुलाई मेला अवधिभर यौनिक तथा लैंगिक अल्पसंख्यक भित्रका पाँचवटा समुह एलजीवीटीआईका विषयमा जानकारी गराउने प्रयत्न गर्नेछौं’ फ्रेन्ड्स हेटौडाका कार्यक्रम अधिकृत सुरज थापाले भने, ‘यसले समलिंगी तेस्रोलिंगीलाई समाजमा गरिने अपहेलना र घृणाको व्यवहारमा कमी आउने अपेक्षा गरेका छौं ।’ उनले त्यस अवधीमा निशूल्क एचआइभी रक्त परिक्षणको समेत व्यवस्था मिलाइएको बताए ।
मकवानपुर उद्योग वाणिज्य संघले फ्रेण्ड्स हेटौडालाई स्टल, टेबुल, कुर्सी, पानीलगायत कार्यलायको परिचयपत्रद्दारा निःशुल्क प्रवेश समेतको व्यवस्था मिलाइदिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले भने मेलाको उद्धेश्य आर्थिक सँगसँगै समाजिक योगदान पनि भएकाले स्टल उपलब्ध गराएको बताए । ‘आर्थिक सँगसगै हामीले सामाजिक कार्यमा पनि त्यतिकै योगदान दिनु आवश्यक छ’ न्यौपानेले भने, ‘समलिंगी तेस्रोलिंगीहरु हाम्रो समन्वयमा आउनु भयो र सामाजिक कार्यको लागि हामीले स्टल उपलब्ध गराईदियौ ।’
उनले राज्यले नै समेटिसकेको मुद्दामा अझै मानिस अनभिज्ञ भएकाले यो मेला अवधीमा धेरै भन्दा धेरै मानिसलाई यो विषयमा जानकरी गराई समय र स्टलको भरपुर सदुपयोग गर्न पनि सुझाव दिए ।
फ्रेण्ड्स हेटौडाले मेलामा यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी सम्बन्धीका परामर्श दिनुका साथै विभिन्न पुस्तक लिफ्लेटहरु उपलब्ध गराएको छ । साथै मेला अवधिभर कोही एचआइभी जोखिममा भएका व्यक्तिहरुलाई नि शुल्क एचआइभी रक्त परिक्षणको व्यवस्था समेत मिलाएको छ । यसरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुलाई प्राथमिकतामा राखी सुवर्ण अवसर मिलाईदिएकोमा फ्रेण्ड्स हेटौडा मकवानपुर र सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीहरुले अध्यक्ष राजकुमार न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघ र सम्पूर्ण आयोजकहरुमा धन्यवाद व्यक्त गरेको छ । २० गते देखि जारी राष्ट्रिय औद्योगिक व्यापार मेला अगामी ३० गतेसम्म चल्नेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.