टिप्पणी गर्न मसँग कुनै शब्द छैन : युवराज

टिप्पणी गर्न मसँग कुनै शब्द छैन : युवराज

काठमाडौं (पहिचान) फागुन २८ – गायक यूवराज चौलागाईं यौनिक तथा लैगिक अल्पसंख्यकका अधिकारका लागि सबैले हातेमालो आवश्यक रहेको बताएका छन् । “समाजका सबै नागरिक समान हुन्” गायक चौलागाईं भन्छन्, “सबैले आआफ्नै पहिचान अनुसार बाच्न पाउनु उसको अधिकार पनि हो ।”
आफूलाई पनि समलिंगी तेस्रोलिंगीका विषयमा धेरै जानकारी नभएको भन्दै भने, “मलाई यस विषयमा त्यती धेरै जानकारी त छैन । तर, फरक पहिचान भएकै कारण विभेद गर्नु पर्छ भन्ने मलाई लाग्दैन । मलाई त सबै नागरिक समान हुन भन्ने लाग्छ । उनीहरुलाई बिभेद गर्नेहरुलाई कसरी टिप्पणी गर्ने मसँग कुनै शब्दै छैन ।”
“यदी हामीले चाहेको भए धेरै गर्न सकिन्थ्यो होला । तर, भएको छैन । मैले पनि यस विषयमा त्यती धेरै ध्यान दिएको रहेनछु । आज बाट म पनि यसबारे के गर्न सकिन्छ सोच्छु ।” गायक चौलागाईंले भने ।
“कलाकार भनेका समाजका आदर्श पनि हुन् । त्यसैले उनीहरुले समलिंगी तेस्रोलिंगीबारे सकारात्मक रुपमा लिइएको खण्डमा र सार्बजनिक कार्यक्रममा अधिकारका विषयमा बोलिदिने हो भने अधिकार प्राप्तीको यौनिक तथा लैगिक अल्पसंख्यकको अभियानमा सघाउ पुग्न सक्छ ।”
समतामुलक समाज निर्माण हुनु पर्नेमा जोड दिदै उनले भने,“एउटा कलाकारले स्टेजमा समलिंगी तेस्रोलिंगीलाई विभेद नगरौं भनेर एनाउन्स गर्यो भने त्यो दुई–चार हुँदै धेरैमा पुग्नसक्छ । यसले पनि समाजमा समानता स्थापनाका लागि सकारात्मक भूमिका निर्वाह गर्छ ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.