उल्लासका साथ मनाए समलिंगी तेस्रोलिंगीले होली पर्व

उल्लासका साथ मनाए समलिंगी तेस्रोलिंगीले होली पर्व

काठमाडौैं (पहिचान) चैत्र १० – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले उल्लास र उमंगका साथ होली पर्व मनाएका छन् । रङ्गहरुको पर्व होलीको अवसरमा समलिंगी तेस्रोलिंगी दुईलिंगी र अन्तरलिंगीले आ आफ्नो ठाउँमा आपसमा रङ दलेर उल्लासका साथ होली मनाएका हुन् । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।

BhumikaSudeepहोलीका अवसरमा देशका विभिन्न ठाउँमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले नाँच गानका साथ आपसमा रङ्ग दलेर होली पर्व मनाए । यो समूदायले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पनि यो पर्वलाई मनाइएको हो । धेरै यौनिक तथा लैंगिक अल्पसख्यकहरु घरबार विहिन छन् । समाजबाट अझै तिरस्कृत छन् ।

Hetauda 1विभिन्न समस्या र चुनौतिहरुसग मुकाविला गर्दै आइरहेका छन् । तर पनि आफ्नो संस्कृतिलाई जोगाउनकै लागि भए पनि यो पर्व मनाएको यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले वताएका छन् । काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पोखरा लगायतका ठाउँमा रहेका समलिंगी तेस्रोलिंगीहरुले आफ्ना दुख भुलेर भए पनि एक अर्कामा अविर र विभिन्न रंगहरुको प्रयोग गरि खुशियाली साटासाट गरेका छन् ।Biswaraj

होली पर्वको अवसरमा यो समूदायको मातृ संस्था नील हिरा समाज र यो समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले देश विदेशमा रहेका समूदायका सदस्य सहित सम्पूर्ण नेपालीलाई होली पर्वको शुभकामना दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.