‘चलचित्रमा तेस्रोलिंगीलाई नकारात्मक रुपमा प्रस्तुत गरिनु गलत’

‘चलचित्रमा तेस्रोलिंगीलाई नकारात्मक रुपमा प्रस्तुत गरिनु गलत’

काठमाडौं (पहिचान) चैत्र २६ – चलचित्र निर्देशक विकास आचार्यले समलिंगी तेस्रोलिंगीलाई उनीहरुको फरक पहिचानलाई चलचित्रमा हाँसोको पात्रका रुपमा चित्रित गर्न नहुने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले कसैले पनि अरुको अस्तित्व र पहिचानलाई अपमानित गर्न नहुने उनको भनाइ छ ।
Bikash Acharyaकतिपय निर्देशकले समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रित गर्नेगरेको भन्दै उनले त्यस्तो गर्नु आँफैमा गलत भएको उनको धारणा छ । ब्यक्तिगत रुपमा आफूले कसैलाई पनि अपमानित नगरेको भन्दै जसले गलत रुपमा चित्रित गरेको छ त्यसको जवाफदेखी व्यक्ति स्वमय हुनुपर्ने उनले बताए ।
‘मैले मेरो चलचित्र रिदममा पनि केही संवेदनशील विषयमा केही कुरा राखेको छु । मधेसी, महिलाजस्ता विषयलाई होच्याउनु हुँदैन भनेर आवाज उठाएको छु । सबैको सम्मान गरे मात्र राष्टियता बलियो हुन्छ भनेको छु । यसैगरी सबैले सबैलाई समेट्ने हो भने कसैले पनि अपमानित हुनु पर्दैन । कसैका विषय पनि ओझेलमा पर्दैनन् ।’ आचार्यले भने ।
सबै मानव समान रहेकाले कसैलाई पनि विभेद गर्न नहुनेमा जोड दिदै निर्देशक आचार्यले विभेद गर्ने व्यक्ति बिरुद्ध पीडितले न्याय खोज्नु पर्नेमा जोड दिए । पीडित स्वयम जागरुक नभएसम्म न्याय नपाउने बताउँदै उनले अधिकारका लागि अधिकार बिहिन व्यक्तिनै स्वयम सचेत हुनुपर्ने बताए ।
अधिकारका लागि संगठित भएर लाग्नु पर्नेमा जोड दिएका आचार्यले संविधान कार्यान्वयन हुनुपर्ने बताए । नयाँ संविधानले पहिलोपटक समलिंगी तेस्रोलिंगीलाई संबोधन गरेको अवस्थामा त्यसको कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । कानुन बनाएर संविधानको कार्यान्वयन नगरेसम्म संविधानले सुनिश्चत गरेको अधिकारको कुनै अर्थ नरहने भन्दै त्यसका लागि खबरदारी गर्न सुझाव दिए ।
पछिल्लो समय चेतनाको विकाससँगै यौनिक तथा लैगिक अल्पसंख्यकलाई हेर्ने आम समुदायको दृष्टिकोणमा पनि परिवर्तन हुनु सकारात्मक भएको उनले बताए । संविधानले यौनिक तथा लैगिक अल्पसंख्यकलाई संबोधन गरेको अवस्थामा अब आम समूदायले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्ने अवस्था नरहने बताए ।
आचार्यले निर्देशन गरेको चलचित्र नाईं नभन्नु ल ४ यही चैत २६ गतेबाट प्रदर्शन हुँदैछ । नार्ई नभन्नु ल का सबै सिक्वेल आचार्यले निर्माण गरेका चलचित्र हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.