तेस्रोलिंगीलाई छुट्टै क्लस्टरमा राखिनुपर्छ : पौडेल

तेस्रोलिंगीलाई छुट्टै क्लस्टरमा राखिनुपर्छ : पौडेल

832
SHARES

काठमाडौं (पहिचान) बैशाख ९ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौंडेलले तेस्रोलिंगीलाई छुट्टै क्लस्टरमा राखेर समावेसी ढंगले अघि बढाउनुपर्ने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अवाज कार्यक्रम पहिचानसँग कुरा गर्दै केन्द्रीय सदस्य पौंडेलले समावेसी सिद्धान्त भनेकै सबैको प्रतिनिधित्वका लागि आएको भन्दै अन्य समुह जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि क्लस्टरमा राखेर अघि बढाउनुपर्ने बताए ।
‘एक सित मात्र किन नहोस यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि समावेसिताको क्लस्टरमा राखिनुपर्छ’ केन्द्रीय सदस्य पौडेलले भने, ‘एकजनालाई मात्र समावेस गराएर भएपनि प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ ।’ उनले सबैलाई अधिकार दिनेकाम राज्य र त्यसमा जाने राजनीतकि दलको भएको भन्दै नेपाली काँग्रेसले आफ्नो जिम्मेवारी पुरा गर्ने बताए ।
‘हाम्रो पार्टी नेपाली कांग्रेसमा विगतमा महाधिवेशन प्रतिनिधि बनाएर सबैभन्दा पहिले यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व सुरुवात गरिएको हो’ पौंडेलले भने, ‘अब पार्टीका हरेक निकायका मनोनित पदमा तेस्रोलिंगीको प्रतिनिधित्व गराउन आवस्यक छ ।’ उनले सबै समुदायको नेता नै पार्टी भएकाले कांग्रेसले सबैका मुद्दालाई संबोधन गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
832
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.