महान्यायाधिवक्ता भन्छन, ‘महान्याधिवक्ता कार्यालयमै तेस्रोलिंगीबारे बुझाउन आवस्यक छ’

महान्यायाधिवक्ता भन्छन, ‘महान्याधिवक्ता कार्यालयमै तेस्रोलिंगीबारे बुझाउन आवस्यक छ’

7.4k
SHARES

काठमाडौं (पहिचान) बैशाख २३ – नवनियुक्त महान्यायाधिवक्ता हरि फूयालले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद हटाउन आफ्नै कार्यालयमा प्रशिक्षण गरेर अभियान थाल्ने वताए छन् । समलिंगी तेस्रोलिंगीका विषयमा कानुनी विज्ञको रुपमा समेत काम गरिसकेका फूयालले यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज उठाउने संस्था नील हिरा समाजका प्रतिनिधिसँगको भेटमा यस्तो आस्वासन दिएका हुन् ।
Hari‘कानुन मन्त्रालयसँग समन्वय गरेर आवस्यक विषयहरु अघि बढाउछु’ महान्याधिवक्ता हरि फूयालको भनाई उदृत गर्दै नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, ‘तर तपाईहरुले यी यी काम गर्नुपर्यो भनेर लिखित रुपमा नै ल्याउनुस, जसलाई अघि बढाउन मलाई पनि सहज होस ।’ उनले आफू छदै महान्यायाधिवक्ता कार्यालयका कर्मचारी वकिलहरुसँग वर्कसप राख्ने विषयमा प्रतिबद्धता जनाएका थिए ।
समाजकी अध्यक्ष पिंकी गुरुङ नेतृत्वको टोली महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा नियुक्त भएकोमा बधाइ दिन महान्यायाधिवक्ता कार्यालय रामशाहपथ पुगेको थियो । बधाइ दिएसँगै समलिंगी तेस्रोलिंगीका समस्या समेत राखेर समाधानका लागि सहयोगको आग्रह गरेको कार्यकारी निर्देशक ढकालले बताइन् ।
‘कतिजना तेस्रोलिंगीहरु प्रहरी केसमा पुगेपछि सरकारी वकिलबाट नै मुद्धा लम्याएर धेरै दिनसम हिरासत र जेलसम्म पनि बस्नुपर्ने अवस्था छ’ ढकालले भनिन्, ‘त्यसबाहेक कानुनमा रहेको विभेदले ल्याएका समस्याहरु त कति छन् कति ती पनि हामीले उहाँसँग राखेका छौं ।’
उनले समलिंगी विवाह सम्बन्धि सरकारी समितिको रिपोर्ट पनि महिला वालबालिका मन्त्रालयमा थन्किएको भन्दै त्यसलाई अघि बढाउन पनि आग्रह गरेको बताईन् । ‘यस बाहेक देवानी (सिभिल) र फौजदारी (क्रिमिनल) संहिता (कोड) सम्बन्धि कानुन निर्माणका लागि विधेयक पनि संसदमा विचाराधिन छ’ ढकालले भनिन्, ‘सरकारको कानूनी सल्लाहकार भएकाले त्यसमा पनि सकारात्मक ढंगको सहयोग गर्न हामीले अनुरोध गरेका छौं ।’
ढकालले लैंगिक विभेद अन्त्य सम्बन्धि विधेयक पनि संसदमै रहेकाले अव त्यो सहित अब बन्ने विधेयकमा सकारात्मक र अविभेदकारी शब्दावली प्रयोगमा सहयोग गर्न आग्रह गरेको बताइन् ।

समाचार शेयर गर्नुहोस्
7.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.