बंगलादेशका समलिंगी तेस्रोलिंगीको सुरक्षा र अधिकारमा सहयोग गर्न पन्तको अपील

बंगलादेशका समलिंगी तेस्रोलिंगीको सुरक्षा र अधिकारमा सहयोग गर्न पन्तको अपील

12.2k
SHARES

काठमाडौं (पहिचान) बैशाख २३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले बंगलादेशमा समलिंगी अधिकारकर्मी तथा पत्रकार हत्याको घटना प्रति दुख व्यक्त गरेका छन् । पन्तले समलिंगी अधिकारकर्मी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धि पत्रिका रुपबानका सम्पादक सुल्हाज मन्नन र उहाँका सहकर्मी महबूब तोनोयीको हत्याले आफू दुखित भएको वताए ।

BDSउनले बंगलादेशमा रहेका समूदायका सदस्यको सुरक्षाको प्रत्याभूति गर्न र सहयोग गर्न मानवअधिकारबादी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग अपिल समेत गरे । सुल्हाज अमेरिकी सहयोग नियोग युएसएआईडीका राजनीतिक प्रक्रिया सम्बन्धि विश्लेषक समेत थिए । राजधानी ढाकाको कालाबगानमा रहेको एक फ्ल्याटमा सुल्हाज र तोनोयीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

त्यहाँ रहेका समूदायका सदस्यको सुरक्षा र अधिकार प्राप्तिको अभियानमा सहयोग गर्न नील हिरा समाजलाई पनि पन्तले सुझाव दिए । उनले नयाँ बर्ष २०७३ र आउँदै गरेको समलिंगी तेस्रोलिंगी घृणा बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरे । पन्त यौनिक तथा लैंगिक अल्पसख्यक समूदायको मातृ संस्था नील हिरा समाजका संस्थापक अध्यक्ष समेत हुन् । समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल लगायतले अधिकार प्राप्तिको अभियानबारे पन्तलाई जानकारी गराएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.