“तेस्रोलिंगीले केही गर्नसक्छन भनेर देखाउन ठुलै रिक्स मोलेर ‘पिंक टिफानी’ खोलेकी हुँ”

“तेस्रोलिंगीले केही गर्नसक्छन भनेर देखाउन ठुलै रिक्स मोलेर ‘पिंक टिफानी’ खोलेकी हुँ”

633
SHARES

काठमाडौं (पहिचान) बैशाख २६ – तेस्रोलिंगी मेघना लामा बसन्तपुरको ‘पिंक टिफानी’ रेष्टुरेन्टकी संचालक हुन् । तेस्रोलिंगीले संचालन गरेको रेष्टुरेन्ट भनेर कोही पनि आएनन् भने के गर्ने होला भन्ने चिन्ता गर्दै सुरु गरेकी मेघना अहिले पेशाबाट सन्तुष्ट छिन् ।
‘म त्यतिवेला असाध्यै खुशी भए जतिवेला तेस्रोलिंगिले खोलेको भन्ने थाहा पाएरै तेस्रोलिंगीबारे बुझ्न चाहने मानिसहरु त्यहा ग्राहक बनेर आए’ मेघनाले खुशी हुँदै भनिन्, ‘झन उनीहरुलाई तेस्रोलिंगी, मानिसको यौन झुकाववारे बुझाएर उनीहरुले समान्य रुपमा स्वीकार समेत गर्दा त मेरो खुशीको सिमा रहेन ।’ उनले मानिसले के होला भन्दै सुरु गरेको पेशामा प्राप्त हुने सफलता साच्चिकै खुशीको विषय हुने सुनाईन् ।
अरु फ्यामिली रेष्टुरेन्ट जस्तै पिंक टिफानी पनि एउटा फ्यामिली रेष्टुरेन्ट भएको भन्दै नेपाली नागरिकबाट नै पिंक टिफानीले राम्रो व्यापार गरिरहेको बताईन् । ‘कतिपय ग्राहकहरु खाजा खानाका लागि मात्र नभएर तेस्रोलिंगीबारे बुझ्नकै लागि पनि पिंक टिफानी आउनुहुन्छ’ मेघनाले भनिन् ।
रेष्टुरेन्ट व्यवसाय गरिरहेकी मेघनाले मोडलिङ क्षेत्रमा पनि काम गरिहेकी छन् । अहिलेसम्म करिव तीन दर्जन ¥याम्प शो गरिसकेको बताउने उनी तेस्रोलिंगीको सुन्दरी प्रतियोगिता ‘मिस पिंक २०१०’ पनि हुन् । ‘मिस पिंक २०१० को उपाधी जितेपछि मैले थुप्रै अवसर पाएकी छु’ मेघनाले भनिन्, ‘मिस पिंक २०१० भएपछि अन्तराष्ट्रिय प्रतियोगितामा पनि भाग लिएर नेपालको नाम राखिसकेकी छु ।’ उनले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुँदा ‘धेरै समस्या लुकाएर देशको नाम राख्ने इच्छा जाग्दो रहेछ’ भन्दै आफ्नो अनुभव सुनाइन् ।
‘समाजमा समेत खुल्न नसकेका यौनिक तथा लैंगिक अल्पसंख्यक तेस्रोलिंगीहरुका लागि मिस पिंक प्रतियोगिता यौटा संभावनाको प्लेटफर्म हो’ उनले भनिन्, ‘अहिले पनि आगामी मे १७ तारिखमा ‘मिस पिंक २०१६’ हुँदैछ, त्यसमा उत्साहपूर्ण सहभागिता जनाएर यो प्लेटफर्मलाई उपयोग गर्न सक्नुहुन्छ ।’ उनले समलिंगी तेस्रोलिंगी मात्र नभए अन्य समुदायबाट पनि प्रतियोगिताको अवलोकन गर्न र मनोरञ्जन लिन अनुरोध गरिन्।

धेरै ¥याम्प शोमा भाग लिए पनि मोडलिङ क्षेत्रबाट कमाइ नहुने उनले सुनाईन् । कमाइ नहुने पेशामा मानिस किन जान्छ त, मेघना भन्छिन्, ‘एउटा त मेरो शोख पनि मोडलिङ क्षेत्रमा छ अर्को त्यही पेशामा म भएका कारणले पनि मेरो व्यवसाय पिंक टिफानीलाई सहयोग पुगिरहेको छ ।

समाचार शेयर गर्नुहोस्
633
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.