आफूहरु माथि हुने हिंसाका मुद्धा समेट्न नयाँ शक्तिलाई समलिंगी तेस्रोलिंगीको सुझाव

आफूहरु माथि हुने हिंसाका मुद्धा समेट्न नयाँ शक्तिलाई समलिंगी तेस्रोलिंगीको सुझाव

काठमाडौं (पहिचान) बैशाख २७ – समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीले आफूहरु माथि हुने हिंसाका मुद्धा समेट्न नयाँ शक्ति नेपाललाई सुझाव दिएका छन् । नयाँ शक्ति नेपालको महिला विभागले राख्न लागेको महिला हिंसा विरुद्धको सहायता कक्षमा आफ्नो समूदायको मुद्धा पनि समेट्न उनीहरुले सुझाव दिएका हुन् ।

महिला तथा बालबालिका हिंसा शुन्य सहनशिलता बिषयमा महिला आयोगमा नयाँ शक्ति नेपालले गरेको अन्तरक्रियामा समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीले आफ्नो समूदायको बिषयमा आवाज उठाइदिन सबैसँग आग्रह पनि गरे । म समलिंगी महिला हुँ, महिला भएकै कारण विभेद भोग्नु परेको छ भने समलिंगी महिला हुँदा दोहोरो विभेद र हिंसा भोग्नु परेको छ नील हिरा समाजमा कार्यरत अधिकारकर्मी अपेक्षा दाहालले भनिन्, समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी महिला माथि हुने हिंसा, विभेद र दुरव्यवहारबारे तपाईहरुले पनि आवाज उठाइदिनु पर्छ । दाहालले आफ्नो समूदाय माथि हुने हिंसाबारे आवाज नउठ्दा दोहोरो विभेद, दुरव्यवहार र हिंसा सहनु पर्ने बाध्यता रहेको वताइन् ।LGBTI

समाजमै कार्यरत अधिकारकर्मी इशान रेग्मीले अन्तरक्रियामा महिला माथि हुने हिंसाको मात्रै कुरा उठेको भन्दै अन्तरलिंगी बालबालिकाको अधिकारको पनि कुरा उठाइदिन आग्रह गरे । जन्मदै यौनाङ्ग अस्पष्ट लिएका बालबालिका पनि हुन्छन्, उनीहरुले घर, परिवार र समाजबाटै विभेद हुने गरेको छ रेग्मीले भने, यस बिषयमा नयाँ शक्ति नेपाल सहित अधिकारकर्मी सबैले संयुक्त रुपमा आवाज उठाइदिनु पर्छ । अन्तरक्रियामा तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाह, सुदिप गौतम, महिला अधिकारकर्मीहरु बबिता बस्नेत, लिली थापा, दुर्गा शोभ, महिला आयोगका सरोज शर्मा लगायतले राजनीतिक हिंसा धेरै भएको र नीति निर्माण तहमा सहभागिता नगराउनु पनि हिंसानै भएको वताए ।

अन्तरक्रियामा नयाँ शक्ति नेपालकी हिसिला यमीले राज्य कमजोर हुँदा हिंसाका घटना बढ्ने गरेको वताइन । नयाँ शक्ति नेपालको महिला तथा बालबालिका हिंसा बिरुद्धको सहायता कक्षको टिओआरमा महिला अधिकार मानवअधिकार र तेस्रोलिंगीको अधिकारको सुनिश्चितता गर्ने साथै सबै महिलाको यौन र प्रजनन् अधिकारको सुनिश्चित गर्ने कार्यक्रम पनि संचालन गर्न जरुरी रहेको लेखेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.