‘संविधान अनुरुप कानुन बनिसक्दा समलिंगी विवाह देखिका सबै अधिकार सुनिश्चित हुन्छन्’

‘संविधान अनुरुप कानुन बनिसक्दा समलिंगी विवाह देखिका सबै अधिकार सुनिश्चित हुन्छन्’

672
SHARES

काठमाडौं (पहिचान) जेठ १ – सांसद अमर शर्मा (देवराज भार)ले संविधानले संबोधन गरेका कुनै पनि समुदाय वा समुह अधिकारबाट बन्चित हुनु नपर्ने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको आवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै सांसद् भारले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संविधानले संबोधन गरेको समुदायले पनि अरु नागरिक सरहका सबै अधिकार उपभोग गर्न पाउने बताए ।
‘संविधानले संबोधन गरेको विषय मान्दिन भन्ने अधिकार प्रजातान्त्रिक र कानुनी राज्य मान्छु भन्ने कसैलाई पनि हुदैन’ सांसद भारले भने, ‘झन संविधानवादलाई मान्छु भन्ने हाम्रो जस्तो देशमा त्यस्तो कुरा सोच्न पनि सकिदैन ।’ उनले समलिंगी तेस्रोलिंगी मात्र नभएर सबैले समान अधिकार उपभोग गर्न पाउनुनै अहिलेकोे संविधानको मर्म भएको बताए ।
त्यसो भए संविधानले संवोधन गरेको यौनिक अल्पसंख्यक समुदायले इन्छा अनुसारको विवाह गर्न पाउछन् भन्ने प्रश्नमा भारले ‘त्यसमा कुनै शंका गर्ने ठाउँ’ नरहेको बताए । ‘हरेक नागरिकले संविधानले प्रत्याभूत गरेका अधिकार उपभोग गर्न पाउछ’ भारले भने, ‘समलिंगी तेस्रोलिंगीलाई पनि संविधानले सबोधन गरिसकेकाले उनीहरुले पनि पुरुष र महिला जस्तै आफैलाई मनपरेको व्यक्तिसँग विवाह गर्न पाउछन् ।’
एक अर्को प्रसंगमा सांसद भारले सरकारको नीति तथा कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय छुटेको विषयमा ढिला थाहा भएको भन्दै त्यो नियतबस नछुटेको बताए । ‘सरकारले नियतबस नीति तथा कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई छुटाएको होइन’ उनले भने, ‘तपाईले सझाउनु भयो, नीति तथा कार्यक्रममा नसमेटिए पनि बजेटलमा संबोधन गराउन पहल गर्छु ।’ ‘यस्ता कतिपय विषय छुटेमा सरकारलाई संझाउने र समेट्ने पनि सरोकारवालाहरुको कर्तव्य हो’, सांसद् भारले भने ।

समाचार शेयर गर्नुहोस्
672
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.