‘कानुनले समलिंगी तेस्रोलिंगीका अधिकार सुनिश्चित गरेन भने कसरी कार्यान्वयन हुन्छ संविधान ?’

‘कानुनले समलिंगी तेस्रोलिंगीका अधिकार सुनिश्चित गरेन भने कसरी कार्यान्वयन हुन्छ संविधान ?’

746
SHARES

काठमाडौं (पहिचान) जेठ ७ – सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधानले संबोधन गरेको सबै वर्ग र समुदायका अधिकार कानुनले संबोधन गर्ने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारमा केन्द्रीत रेडियो कार्याक्रम ‘पहिचान’सँग कुरा गर्दै सांसद परियारले संविधानले संबोधन गरेका १५ क्लस्टर र प्रतिनिधित्व सुनिश्चित गरेका आठ क्लस्टरका सबै वर्ग, क्षेत्र र समुदायका विषय कानुनले संबोधान गर्ने वताए ।
‘नेपालको संविधान सामान्य खालका कमजोरीबाहेक विश्वका उत्कृष्ट संविधानहरुसँग दाज्न मिल्ने खालको छ’, परियारले भने, ‘त्यसैले अब संविधानका कमजोरी हटाउने र कानुनमा सबै समुदायका अधिकार सुनिश्चित गर्ने काम राज्यस्तरबाट नै हुनुपर्छ ।’ उनले राज्यपक्ष र विशेषगरी सरकार जिम्मेवार भए सबैका अधिकार सुनिश्चित गर्न समस्या नहुने बताए ।
त्यसो भए संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संवोधन गरेका समलिंगी तेस्रोलिंगीहरुले विवाहको अधिकार प्रप्त गर्छन त भन्ने प्रश्नमा परियारले भने, ‘संविधानको कार्यान्वयनका लागि कसैले पनि त्यसलाई रोक्न सक्दैन ।’ उनले संविधानसभामा ठुलै बहस पछि मात्र संविधानले पुरुष महिला बाहेक तेस्रोलिंग पनि हुन्छ भन्ने कुरा संविधानले स्थापित गरेको बताए । ‘कानुले समलिंगी तेस्रोलिंगी सहित सबै वर्ग र समुदायलाई संबोधन गरेन भने संविधानको कार्यान्वयन कसरी हुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।
परियार २०६७ सालमा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशन देखि केन्द्रीय सदस्य छन भने २०६४ सालमा भएको पहिलो संविधानसभाका सभासद् तथा दोस्रो संविधानसभाबाट रुपान्तरित हालको संसदका सदस्य हुन् ।

समाचार शेयर गर्नुहोस्
746
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.