नयाँ शक्तिको अभियानमा तेस्रोलिंगीको निरन्तर सहभागिता

नयाँ शक्तिको अभियानमा तेस्रोलिंगीको निरन्तर सहभागिता

अम्बिका दाहाल/काठमाडौं (पहिचान) जेठ ८ – सामाजिक अभियान अन्तर्गत नयाँ शक्ति नेपालले काठमाडौं सरसफाई अभियान संचालन गरेकोमा समलिंगी तेस्रोलिंगीहरुको पनि सहभागिता रहँदै आएको छ । डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले तेस्रोलिंगीहरुको निरन्तर सहभागितालाई सराहनिय भएको वताएको छ ।
Kalanki 1बुद्ध पूर्णिमाका दिन शनिवार कलंकी क्षेत्रमा भएको सरसफाई अभियानमा नयाँ शक्ति नेपालका अभियन्ता सहित समलिंगी तेस्रोलिंगीहरुको उल्लेख्य सहभागिता थियो । सामाजिक अभियानका रुपमा नयाँ शक्ति नेपालले सुरु गरेको रचनात्मक काममा समलिंगी तेस्रोलिंगीहरुले आफ्नो निरन्तर सहयोग रहने जनाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष एवं काठमाडौं सरसफाई अभियानकी संयोजक पिंकी गुरुङले सामाजिक अभियानमा सहभागी हुन पाउँदा समाजप्रतिको जिम्मेवारी महसुस भएको वताइन ।
समलिंगी तेस्रोलिंगीहरुको सहभागिताबारेमा पहिचान अनलाईनसँग कुरागर्दै नयाँ Kalanki 3शक्ति नेपालकी नेतृ हिसिला यमीले उहाँहरुको सुरुदेखिको उपस्थितिले उत्साह प्रदान गरेको वताइन । उहाँहरु उत्साह र जिम्मेवारीका साथ निरन्तर सरसफाईमा खटिनु भएको छ, उहाँहरुमा पनि नेतृत्व गर्ने क्षमता रहेछ यमीले भनिन, पार्टीले नेतृत्व गर्ने क्षमता देखेर नै तेस्रोलिंगी पिंकी गुरुङलाई यो अभियानको काठमाडौं संयोजक बनाएको हो ।
नयाँ शक्ति नेपालको सरसफाई अभियानका राष्ट्रिय संयोजक गंगा श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको उपस्थिति प्रशंसनिय भएको वताए । कोही कोही फोटो खिच्न मात्रै आउँछन् श्रेष्ठले भने, नील हिरा समाज लगायतका संस्था उत्साह र जिम्मेवारीका साथ सहभागी हुँदै आएका छन् । श्रेष्ठले सरसफाई अभियान दुई हप्ता स्थगित हुने र पार्टीको राष्ट्रिय भेलापछि हराभरा काठमाडौं अभियान सुरु हुने जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.