तेस्रोलिंगी अनिषा धमलालाई मिस पिंक सुदुरपश्चिमको उपाधी

तेस्रोलिंगी अनिषा धमलालाई मिस पिंक सुदुरपश्चिमको उपाधी

राज चौधरी/कञ्चनपुर (पहिचान) जेठ १४ – मिस पिंक सुदुरपश्चिमको उपाधी तेस्रोलिंगी अनिषा धमलाले जितेकी छन् । नील हिरा समाजको शाखा कार्यालय सहयात्रा नेपालले महेन्द्रनगरमा गरेको तेस्रोलिंगी सौन्र्दय प्रतियोगितामा सहभागी ११ जना मध्ये अनुषा उपाधी जित्न सफल भएकी हुन् ।

मिस पिंक सदुरपश्चिमको फष्ट रनर अप शिला सिंह ठकुरी र सेकेण्ड रनर अपको उपाधी निमा चौधरीले जितेका छन् । यस्तै वेष्ट हेयरमा सरस्वती गुरुङ, वेष्ट ड्रेसमा निशा चौधरी, वेष्ट क्याटवाकमा अनुषा चौधरी, कन्जिनियालिटीमा निरन चौधरी, पर्सनालिटीमा सुमन चौधरी, कन्फिडेन्सियलमा जुनु राउत र फिगरमा समिरा चौधरीले उपाधी जितेका छन् ।Miss Pink Sudur

समलिंगी तेस्रोलिंगी समूदाय माथि समाजमा हुने दुरव्यवहार, विभेद र हिंसा अन्त्यका लागि मिस पिंक जस्ता कार्यक्रमले सहयोग पुर्याउने यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालका उपाध्यक्ष एवं सुदुरपश्चिम समाजका संयोजक राजु लामाले वताए । नील हिरा समाजमा कार्यरत तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले संबिधानमा लेखिएको अधिकार कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको वताइन ।

मिस पिंक कार्यक्रमका अतिथिहरुले यस्ता कार्यक्रमले समाजमा रहेको भ्रम अन्त्य गर्न मद्धत गर्ने वताए । तेस्रोलिंगी अधिकारकर्मी मोनिका शाहीले तेस्रोलिंगीहरु नेपाली सेना, नेपाल प्रहरी र लोक सेवा आयोगमा प्रतिष्पर्धा गर्न इच्छुक रहेको वताइन । मोनिकाले तर राज्यको निर्दयी व्यवहारका कारण क्षमता भएर पनि प्रतिष्पर्धा गर्नबाट बञ्चित हुनु परेको वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.