कपिलबस्तुका स्थानीय अधिकारी भन्छन् : स्थानीय निकायबाट तेस्रोलिंगीलाई सक्दो सहयोग गछौं

कपिलबस्तुका स्थानीय अधिकारी भन्छन् : स्थानीय निकायबाट तेस्रोलिंगीलाई सक्दो सहयोग गछौं

कपिलबस्तु (पहिचान) जेठ २४ – कपिलबस्तुका स्थानीय अधिकारीले तेस्रोलिंगीलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको संस्था नवजीवन कपिलबस्तुको आयोजना र जिल्ला विकास समिति कपिलवस्तुको आर्थिक सहयोगमा भएको यौनिकता र लैंगिकता विषयको अभिमुखीकरण तालिममा बोल्दै कपिलवस्तुका स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपाने सहितका अधिकारीहरुले तेस्रोलिंगीलाई सक्दो सहयोग गर्ने बताए ।
‘स्थानीय निकायमा हाम्रा तर्फबाट सक्दो सहयोग हुन्छ’ स्थानीय विकास अधिकारी न्यौपानेले भने, ‘यो समुदायलाई राज्यका हरेक निकायहरुले सहयोग गरेमात्र समान हैसियतमा ल्याउन सकिन्छ ।’ उनले कतिपय सरकारी क्षेत्रमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यका विषयमा अनविज्ञ रहेको भन्दै उनीहरुलाई अभिमुखीकरण आवस्यक हुने बताए । ‘स्थानीय तहबाट यो समुदायलाई हुँदै आएको सहयोग पनि निरन्तर रहन्छ’ उनले भने । कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत निरन भट्टराईले पनि तेस्रोलिंगी समुदायलाई आफू रहेको स्थानीय निकायबाट पुरापुर सहयोग रहने बताए ।20160531_104531
कपिलवस्तु जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी निरीक्षक नविन श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई कानुनी प्रक्रिया र व्यवस्थाका विषयमा बुझाउन जरुरी भएको बताए । ‘यो समुदायलाई कानुनी प्रकृया बुझाउने र प्रशासनबाट के कस्ता सेवा चाहिने हो त्यसका विषयमा छलफल गर्न आवस्यक छ’ निरीक्षक श्रेष्ठले भने ।
कार्यक्रमा नील हिरा समाज काठमाडौंकी मानव अधिकार कर्मी भुमिका श्रेष्ठले यौन, यौनिकता तथा लैंगिकताको बारेमा प्रस्तुतीकरण दिएकी थिइन् । प्रस्तुुतिकरणमा श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तथा समलिंगी, तेस्रोलिंगीहरु अहिले मात्रै नभएर परापुर्वकाल देखिनै भएको जानकारी दिइन ।
कार्यक्रममा धेरै मधेसी समुदायका नागरिहरुले भूमिकाले दिएको प्रस्तुती भाषागत सास्याका कारण नबुेझेपछि सिर्जनसिल समाजकी सुशीला वेलबासेले स्थानीय भाषामा अनुवाद गरिदिएकी थिइन् ।
कार्यक्रममा तेस्रोलिंगी महिला चम्पाकलिले आफु एक मुस्लिम समुदायको व्यक्ति भएको र मुस्लिम समुदायभित्र तेस्रोलिंगी भएकै कारण आफुले धेरै समस्या भोगिरहेको बताइन् । ‘भेदभाव, लान्छाना, तिरस्कार र दुरव्यवाहारको बारेमा भनिसाध्य छैन’ चम्पाकलिले भनिन्, ‘मुस्लिम समुदायमा पनि तेस्रोलिंगीलाई विभेदकै दृष्टिबाट हेर्ने गरिन्छ ।’
यसैगरी रुपन्देहीका पहिचान सहकर्मी विनोद विसी र रेडियो सास्कृती ९० मेगाहर्जका कृष्णचन्द्र मिश्रले संचार माध्यमले कुनै पनि लिंग, वर्ण, जात र धर्म नछुट्टाईकन अधिकारको लडाईमा कलम चलाएको बताएको बताएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.