समाजकल्याण मन्त्रालयको सरकारी अधिकारीलाई तेस्रोलिंगीबारे बुझाउने अभियान, पोखरा पुगेर सरकारी अधिकारी र समलिंगी तेस्रोलिंगीबीच अन्तरक्रिया

समाजकल्याण मन्त्रालयको सरकारी अधिकारीलाई तेस्रोलिंगीबारे बुझाउने अभियान, पोखरा पुगेर सरकारी अधिकारी र समलिंगी तेस्रोलिंगीबीच अन्तरक्रिया

विपना पनेरु/कास्की (पहिचान) जेठ २८ – नेपाल सरकार समाजकल्याण मन्त्रालयले समलिंगी तेस्रोलिंगीबारे सचेतना अभियान सुरु गरेको छ । मन्त्रालयले पोखरा पुगेर त्यहाँका सरकारी अधिकारीहरु र समलिंगी तेस्रोलिंगीबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । संविधानले नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भनेर संबोधन गरेका समलिंगी तेस्रोलिंगीहरुलाई कानुनी समानता महसुस गराउन र सरकारी कार्यालयको वातावरण पनि अनुकुल बनाउन मन्त्रालयले यस्तो अभियान थालेको हो ।
कार्यक्रममा नेपाल सरकारका अधिकारीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा नेपाल दक्षिण एसियाली मुलुकहरुमै सबैभन्दा अगाडी रहेको बताए ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका एलजीवीटीआई फोकल पर्सन भरतराज शर्माले समाजिक सुरक्षा भनेकै सबै लिंग, समुह, समुदाय र आर्थिक रुपमा विपन्नका लागि आवस्यक पर्ने बताए ।
‘सामाजिक सुरक्षा र सामाजिक न्यायप्रदान गर्दा सवै लिगं क्षेत्र र समुदाय भित्रका आर्थिक रुपले विपन्न वर्गलाई प्रथामिकता प्रदान गर्नुपर्छ’ शर्माले भने, ‘राज्यमा सामाजिक न्याय र समावेसीकरण स्थापनागर्ने कुरा संविधानले नै सुनश्चित गरेको छ ।’
उनले समाजिक न्यायका क्षेत्र अगाडी देखिने यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारमा नेपाल दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको बताए । ‘यौनिक था लैंगिक अल्पसंख्यक समुदायहरुको अधिकारको सम्बन्धमा नेपाल दक्षिण एशियाका अन्य देशहरुको तुलनामा धेरै अगाडि छ’ शर्माले भने । Pokhara 1
उनले यौनिक तथा लैंगिक समुदायका अधिकार सुनिश्चित गर्न कानुनको संशोधन पनि हुन लागेको बताए । ‘केही नेपाल संशोधन गर्ने विधेयक मार्फत कानुन परिमार्जनको काम भैरहेका छ’ शर्माले भने, ‘एलजीवीटीआई समुदायको मन्त्रालयवाट नै पैरवी भैरहेका छ ।’
शर्माले कानुनले तोकेको उमेर पार गरेपछि व्यक्तिले यौन पार्टनर खोज्न पाउने भन्दै त्यसमा कुनै बाधा व्यवधान गर्न नपाइने बताए । ‘कानुनले निर्धारण गरेको उमेर पुरा गरेको व्यक्तिले कोसँग यौन सम्बन्ध राख्छ त्यो व्यक्तिको अधिकारको कुरा हो’ उनले भने, ‘यस्तो सम्बन्ध प्राकृतिक हो वा अप्राकृतिक भनेर प्रश्न उठाउने अधिकार कसैलाई हुँदैन ।’
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्र्रसाद मैनालीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुलाई अधिकार प्रदान गर्न समाजमा जनचेताना फैलाउन आवस्यक भएको बताए । ‘सामाजिक जनचेतनाका साथै भेदभाव पुर्ण व्यवहार अन्त्य गर्न सामाजिक जनचेताना आवस्यक हुन्छ’ प्रजिअ मैनालीले भने, ‘त्यसले समाजमा हरेक नागरिकलाई समान हैसियतमा पुर्याउन मद्धत गर्छ ।’
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायवाट नौलो विहानी पोखराका कार्यक्रम संयोजक राजु थकालीले एलजीबीटीआई समुदायको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा एजलीबीटीआई समुदायका रोशनी राई, वर्षा राना र ईच्छा बुढाथोकीले आफ्ना जीवनका भोगाइका अनुभव सुनाएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.