तेस्रोलिंगीले आइतवार रत्नपार्कबाट झाँकी सहितको रयाली निकाल्ने

तेस्रोलिंगीले आइतवार रत्नपार्कबाट झाँकी सहितको रयाली निकाल्ने

757
SHARES

काठमाडौं (पहिचान) जेठ २९ – नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सहभागी हुन देशका विभिन्न ठाउँमा रहेका समलिंगी तेस्रोलिंगी काठमाडौं आएका छन् । डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सहभागी हुन झण्डै १५ सय समलिंगी तेस्रोलिंगी काठमाडौं आइसकेको नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रीय परिषद् सदस्य पिंकी गुरुङले जानकारी दिइन ।
विगत १६ बर्षदेखि अधिकार प्राप्तिको अभियान चलाउँदै आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी समूदायले आइतवार रत्नपार्कबाट बाजागाजा, झाँकी, विभिन्न भेष भुषा सहित र्याली निकाल्नेछन् । सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका लागि नयाँ शक्ति नेपालले हाम्रो समूदायको मुद्धा बोकेको छ, अध्यक्ष गुरुङले भनिन् पहिलो पटक नयाँ शक्तिको सदस्यता फारममा तेस्रोलिंगी उल्लेख हुनु एउटा उपलव्धी हो ।
अहिलेसम्म अरु कुनै पनि राजनीतिक दलले तेस्रोलिंगी उल्लेख गरेर सदस्यता फारम वितरण गरेका छैनन् । देशलाई समृद्ध बनाउने डाक्टर भट्टराईको अभियानमा हामी साथ दिन्छौ भनेर उत्साहका साथ देशभरका समलिंगी तेस्रोलिंगी काठमाडौं आएको गुरुङले वताइन । पार्टी घोषणा सभामा समलिंगी तेस्रोलिंगीले डान्स प्रस्तुत गर्नेछन् ।

समाचार शेयर गर्नुहोस्
757
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.