नयाँ शक्तिको घोषणा सभामा तेस्रोलिंगीको रयालीदेखि डान्ससम्म

नयाँ शक्तिको घोषणा सभामा तेस्रोलिंगीको रयालीदेखि डान्ससम्म

काठमाडौं (पहिचान) जेठ ३० – यौनिक तथा लैंगिंक अल्पसंख्यक समूदायले नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा उत्साहका साथ सहभागिता जनाएका छन् । देशका विभिन्न ठाउँबाट आ आफ्नो भेष भुषामा आएका करिब २ हजार समलिंगी, तेसोलिंगी, दुईलिंगी र अन्तरलिंगी समूदायले रत्नपार्कदेखि रंगशालासम्मको र्यालीको नेतृत्व गरे ।

LGBTI 1विभिन्न दलमा आवद्ध हुँदै आएका समूदायका सदस्य पहिलो पटक खुलेर राजनीतिक पार्टीको घोषण सभामा सहभागी भएका हुन् । डाक्टर बाबुराम भट्टराईकै पालामा आफ्नो समूदायका लागि बजेट विनियोजन भएको र आफूहरुको मुद्धामा भट्टराई सकारात्मक भएकै कारण उत्साहका साथ देशभरका समलिंगी तेस्रोलिंगी पार्टी घोषणा सभामा आएको नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रीय परिषद् सदस्य पिंकी गुरुङले वताइन ।Pinki

विभिन्न भेष भुषामा सजिएका समलिंगी तेस्रोलिंगी बाझा गाजा सहित रंगशाला प्रवेश गर्दा केहीबेर आकर्षणको केन्द्र बने । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका समलिंगी तेस्रोलिंगी दुईलिंगी र अन्तरलिंगी समूदाय हामी सबै भिन्न हामी सबै समान देशलाई सम्मृद्ध र समुन्नत बनाउन हामी गछौ योगदान भन्ने नारा सहितको व्यानरमा पार्टी घोषणा सभामा पुगेका हुन । रत्नपार्कदेखि रंगशालासम्म पुग्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिलाई हेर्नेहरुले यति धेरै पो रहेछन भनेर जिज्ञासा समेत राखे ।

13446031_970248463092589_333387793_oरंगशालामा प्रवेश गर्दादेखि घोषणा सभाको स्टेजसम्म पुग्दा यो समूदायका सदस्यले भब्य स्वागत पाए । त्यति मात्रै होइन यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजको तर्फबाट समलिंगी तेस्रोलिंगीले पूर्वको मेची नि हाम्रै हो, पश्चिम महाकाली नि हाम्रै हो भन्ने बोलको गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित सबैको हौसला बढाए ।LGBTI Janakpur

अवसर पाए जुन सुकै काम गर्न पनि सक्षम छौ समाजकी अध्यक्ष एवं अन्तरिम परिष्द सदस्य गुरुङले भनिन्, समलिंगी तेस्रोलिंगीको यो उत्साहलाई नयाँ शक्तिले उच्च मूल्याङन गर्ने आशा गरेको छु । उनले देशभरबाट उत्साहका साथ नयाँ शक्ति पार्टी घोषणा सभामा सहभागी भएकोमा समूदायका सदस्य सहित सबैलाई धन्यवाद दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.