ओरलाण्डो हत्याकाण्डका मृतक प्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभका लागि दिप प्रज्वलन

ओरलाण्डो हत्याकाण्डका मृतक प्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभका लागि दिप प्रज्वलन

काठमाडौं (पहिचान) असार ३ – नेपालका समलिंगी तेस्रोलिंगीहरुले अमेरिकाको ओरलाण्डो हत्याकाण्डका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेका छन् । नील हिरा समाजले बसन्तपुर डबली पुगेर ओरलाण्डो घटनामा मृत्यु भएकाहरुको आत्माको शान्ति र घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको हो ।
LGBTI 1नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यस्ता खालका घटना दोहोरिन नदिनका लागि विश्व सामू तत्काल भरपर्दो कदम चाल्न अपिल गरिन् । अध्यक्ष गुरुङले संसारका निश्चित कुनै एउटा कुनामा मात्र भएको प्रगति प्रति आफूहरु खुशी नहुने वताउँदै विश्वका हरेक कुनामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रगति भएको हेर्न र सुन्न चाहने वताइन । उनले भनिन, ‘नेपालका समलिंगी तेस्रोलिंगीहरु अधिकारका लागि ऐक्यवद्धता जाहेर गर्दछ ।’
कार्याकारी निर्देशक मनिषा ढकालले यस्ता घट्नामा गरिने शान्तिपूर्ण विरोधले नै विश्वभरिको ऐक्यवद्धता जुट्न सक्ने र भोलीका दिनमा त्यस्ता घटना नदोहोर्याउन विश्व समुदायलाई प्रेरणा प्रप्त हुने बताइन् । BDS
अमेरिकाको फ्लोरिडा राज्यको ओरलाण्डो स्थित समलिंगी रात्री क्लवमा आइतवार राती भएको घटनामा परी ४९ जना समलिंगीको मृत्यु भएको घटनाको विश्वभरका अधिकारकर्मीले भत्र्सना गरिरहेका छन् ।
केही महिना अघि मात्रै बंगलादेशमा दुई जना समलिंगी अधिकारकर्मी एवं पत्रकारको हत्या भएको थियो । त्यस लगत्तै अमेरिका जस्तो विकसित मुलुकमा समलिंगी माथि जघन्य घटना हुनुले विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको ध्यानाकर्षण भएको नील हिरा समाजले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.