तेस्रोलिंगी पनि अन्य नागरिकसरह हुन् : स्थानीय विकास अधिकारी

तेस्रोलिंगी पनि अन्य नागरिकसरह हुन् : स्थानीय विकास अधिकारी

चितवन (पहिचान) असार १७ – चितवनमा तेस्रोलिंगी साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मानव सचेत समाजको आयोजना र जिल्ला विकास समिति चितवनको आर्थिक सहयोगमा तेस्रोलिंगी साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले तेस्रोलिंगी अन्य नागरिक सरह भएको भन्दै सबैले बुझ्नु पर्नेमा जोड दिए । उनले समानताका लागि समलिंगी तेस्रोलिंगी समुदायका लागि बजेट छुट्याएको जानकारी दिए । Chitawan
महिला र पुरुष मात्र हुन्छन् भन्ने मानसिकता रहेको समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक पनि हुन्छन् भन्ने जानकारी दिन सांस्कृतिक कार्यक्रमहरु फलदायी हुने उनको धारणा छ ।
सबै नागरिक समान रहेको भन्दै पोखरेलले समाजमा रहेका सबैको अस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए ।
मानव सचेत समाजकी अध्यक्ष अञ्जली थापामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नील हिरा समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । उनीहरुले राज्यका सबै निकायले समलिंगी तेस्रोलिंगीलाई आत्मसात गर्दै जानु पर्नेमा जोड दिए ।
देशका विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागी हुन समलिंगी तेस्रोलिंगी आएका थिए । उनीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति हुने लाञ्छना तथा भेदभाव न्यूनिकरणको लागि गरिएको उक्त कार्यक्रममा २० भन्दा बढी समलिंगी तेस्रोलिंगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.