एचआईभी संक्रमित महिलाको अधिकार संरक्षणका लागि सशक्तिकरण तालिम

एचआईभी संक्रमित महिलाको अधिकार संरक्षणका लागि सशक्तिकरण तालिम

709
SHARES

चितवन (पहिचान) असार १९ – चितवनमा एचआईभी संक्रमित महिलाको अधिकार संरक्षणका लागि सशक्तिकरण तालिम सम्पन्न भएको छ । नारायणगढमा सेभ द चिल्ड्रेनको सहयोगमा भएको उक्त तालिममा स्वास्थ्य प्रदायक क्षेत्रमा एचआईभी संक्रमित महिला, तेस्रोलिंगी महिलाहरुको अधिकार हनन् भएको खण्डमा कसरी प्रतिकार गर्ने, महिलालाई सशक्तिकरण गराउनुको साथै सकारात्मक संरक्षण सम्बन्धि जानकारी गराइएको थियो ।
तालिममा अधिवक्ता सूर्यबाहादुर बोहोराले मानव अधिकारको बिषयमा जानकारी दिएका थिए । एचआईभीका क्षेत्रमा काम गर्ने चार वटा संस्था जागृति महिला महासंघ,  एचआईभी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ, पूर्व लागुपदार्थ दुव्र्यसनी, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको समुदायको छाता संगठनको नेटवर्कद्घारा आयोजित तीन दिने तालिममा एचआईभी संक्रमित, लागुपदार्थ दुव्र्यसनी, यौनकर्मी महिला, तेस्रोलिंगी महिलाको सहभागीता थियो ।
असार १२ देखि १५ गतेसम्मको ४ दिने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छाता संगठनमा कार्यरत शिमरन सेरचन , मलिना न्यौपाने र छहारी महिला समूहकी मनु तामाङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।
तालिम एकैसाथ १० जिल्लामा सञ्चालन भएको थियो । तालिममा सहभागी सम्पूर्णले यो तालिम सबैको लागि प्रभावकारी र उपलब्धि मुलक रहेको प्रतिकृया दिएका थिए ।

समाचार शेयर गर्नुहोस्
709
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.