निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फ्रेन्ड्स हेटौंडाले मनायो वार्षिकोत्सव

फ्रेन्ड्स हेटौंडाले मनायो वार्षिकोत्सव

791
SHARES

मकवानपुर (पहिचान) असार १९ – यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था फ्रेन्ड्स हेटौडा मकवानपुरले वार्षिक उत्सव मनाएको छ । २०६७ असार १६ गते सस्था दर्ता भई समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्थाले सातौं वार्षिकोत्सव मनाएको हो ।
फ्रेन्ड्स हेटौंडा मकवानपुर जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने एउटै मात्र संस्था हो । वार्षिकोत्सव समारोहमा संस्थाका अध्यक्ष कृष्णबहादुर थोकर(आसिका)ले स्थापनादेखि आजसम्म आइपुग्दा संस्थाका चुनौति र उपलब्धिको बारेमा चर्चा गरेकी थिइन् ।
विभिन्न समस्या र चुनौतिका बावजुद पनि संस्था दर्ता गराउन आर्थिक सहयोग गर्ने यौनिक अल्पसंख्यकको छाता संस्था नील हिरा समाजप्रति उनले धन्यवाद दिइन् । संस्थाका संस्थागत सदस्य रोमन कार्की, रोजन कार्की, सुजन पौडेल, श्याम कुमार दाहाल, दिपेन्द्र गौतम लगायतको योगदानको चर्चा गर्दै त्यसपछि संस्थामा रहेर काम गर्ने विश्वराज अधिकारी, इन्दिरा न्यौपाने, सुरज थापा, अजिता भुजेल जुली चेपा¨ सबैलाई धन्यवाद दिएकी थिइन् ।
उनले फ्रेन्ड्स हेटौंडाले जसरी समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान अनुसार अगाडि आउन मद्दत गरेको छ त्यसरी नै यौनिक तथा लैंगिक अल्पसंख्यकले संस्थालाई अगाडि बढाउन संगठित भएर लाग्नु पर्नेमा जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्
791
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.