पहिचान लुकाएर नबस्न मनिलाको आग्रह

पहिचान लुकाएर नबस्न मनिलाको आग्रह

13.3k
SHARES

बिनोद वि.सी/दाङ (पहिचान) असार २३ – पवननगर–२ दाङकी मनिला न्यौपानेले लिंगको महलमा “अन्य” लेखेर नागरिकता लिएकी छन् । न्यौपानेले जिल्ला प्रशासन कार्यालय दाङबाट अन्य उल्लेख भएको नागरिकता लिएकी हुन् । दाङ जिल्लाबाट लिंगको महलमा “अन्य” लेखेर नागरिकता लिने मनिला दोस्रो तेस्रोलिंगी महिला हुन् ।
यसअघि तेस्रोलिंगी शिल्पा चौधरीले “अन्य” लेखेको नागरिकता लिएकी थिइन् । २०४७ जेठ २७ गते जन्मिएकी मनिलाले यसअघि धर्मराज शर्माको नामबाट लिंगको महलमा “पुरुष” लेखिएको नागरिकता लिएकी थिइन् । त्यसलाई सच्याएर लिंगको महलमा “अन्य” लेखिएको नागरिकता प्राप्त गरेकी हुन् ।Manila
तेस्रोलिंगी मनिला हाल नील हिरा समाज भैरहवामा कार्यरत छिन् । मनिलाले लिंगकोे महलमा “अन्य” लेखिएको नागरिकता प्राप्त गर्नु महत्वपूर्ण भएको बताइन् । उनले राज्यका विभिन्न निकायहरुमा प्रतिनिधित्व र रोजगारीमा आरक्षणको व्यवस्था पनि राज्यले गर्नुपर्ने माग गरिन ।. न्यौपानेले आफुले पहिचान अनुसारको नागरिकता प्राप्त गर्दा संसारको सबै भन्दा ठुलो लडाई जितेको महसुस गरेको वताइन । उनले अबका दिनमा कुनै पनि समालिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान लुकाएर नबस्न आग्रह समेत गरेकी छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.