संसारमा एउटै जात छ, त्यो हो – मानव : नायक कार्की

संसारमा एउटै जात छ, त्यो हो – मानव : नायक कार्की

काठमाडौं (पहिचान) असार २७ – नायक शुसान्त कार्कीले समलिंगी तेस्रोलिंगीलाई पनि समान व्यवाहार हुनु पर्ने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै कार्कीले सबै नागरिक समान रहेको भन्दै समलिंगी तेस्रोलिंगीलाई फरक व्यवहार गर्नु पर्ने कारण नरहेको बताए ।
संसारमा महिला र पुरुष मात्रैको कुरा गरिए पनि मानव मात्रै एउटै जात रहेको भन्दै समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह समान रहेको उनको भनाइ छ ।
पछिल्लो पटक नेपाली चलचित्र तीन घुम्तीमा नायकको रुपमा अभिनय गरेका कार्कीले चेतनाको अभावमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद हुँदै आएको बताए ।
कतिपय चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रित गर्नु दुखद् भएको उनको भनाइ छ । कार्कीले आफूलाई पनि यौनिक तथा लैगिक अल्पसंख्यकलाई चलचित्रमा खराव रुपमा चित्रित गरेको देख्दा दुःख लाग्ने गरेको बताए ।
कला क्षेत्रमा धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहे पनि उनीहरु खुल्न नसकेको कार्कीको भनाई छ । आ आफ्नो क्षेत्रबाट सबै खुलेर आउन सकेमात्रै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चत हुने कार्कीले बताए ।
पहिलोपटक संविधानमा समलिंगी तेस्रोलिंगीको अधिकार सुनिश्चित भए पनि त्यसलाई कानुन बनाएर सुनिश्चित गर्नु चुनौतिपूर्ण रहेको बताए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि सबैलाई सहयोग गर्नु पर्ने नायक कार्कीको धारणा छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.