‘आफूले चाहेको व्यक्तिसँग हामीले जीवन ज्यून पाउनु पर्यो’

‘आफूले चाहेको व्यक्तिसँग हामीले जीवन ज्यून पाउनु पर्यो’

629
SHARES

कैलाली (पहिचान) साउन २४ – तेस्रोलिंगी अधिकारकर्मी मनोज शाही मोनिकाले सुदुरपश्चिममा समलिंगी तेस्रोलिंगीको अवस्था समान्यीकरण हुँदै गएको बताएकी छन् । “पछिल्लो समय समलिंगी तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएको छ,” उनले भनिन्,“यो नील हिरा समाज र हाम्रो अभियानको प्रभाव हो ।”
केही वर्ष यता स्थानीय निकायले पनि समलिंगी तेस्रोलिंगीलाई बजेट विनियोजन गर्न थालेको भन्दै उनले भनिन्, “टिकापुर नगरपालिकाले ५० हजार हामीलाई छुट्टाएको थियो, त्यो बजेटले दुई दिने कार्यक्रम गर्यौं, कार्यक्रम प्रभावकारी भयो ।”
समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा केही सकारात्मक परिवर्तन आए पनि पूर्ण रुपमा समाजले स्वीकार्ने वातावरण भने बनि नसकेको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई गाली–गलौज गर्ने गरिएको भन्दै कडा कानुन बनाएर यसको न्यूनीकरण गर्नु पर्नेमा उनको जोड छ ।
संविधानले समलिंगी तेस्रोलिंगीका अधिकार सुनिश्चित गरे पनि त्यो पूर्ण भने नभएको भन्दै उनले भनिन्, “बुढेसकालको शाहारा सबैलाई चाहिन्छ । हामीले पनि विवाह गर्ने कानुन सरकारले बनाउनु पर्यो । आफूले चाहेको व्यक्तिसँग हामीले जीवन विताउन पाउनु पर्यो ।”
आफूहरुले पनि सरकारी सेवामा प्रवेश पाउनु पर्ने भन्दै मोनिकाले यसका लागि आरक्षणको व्यवस्था गर्नु पर्ने बताइन् । “म योग्य छु भने मैले सेना, प्रहरीमा जागिर खान पाउनु पर्छ । अन्य सेवामा पनि हामीले प्रवेश पाउनु पर्छ ।”

समाचार शेयर गर्नुहोस्
629
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.