नेविसंघमा विधान बमोजिम दुईजना तेस्रोलिंगी प्रतिनिधि कायम

नेविसंघमा विधान बमोजिम दुईजना तेस्रोलिंगी प्रतिनिधि कायम

772
SHARES

काठमाडौं (पहिचान) साउन ३१ – नेपाल विद्यार्थी संघमा पहिलोपटक दुईजना तेस्रोलिंगी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । संविधान जारी भएपछि पहिलोपटक संविधान अनुरुप समावेसी अभ्यास गर्दै नेपाल विद्यार्थी संघले दुईजना तेस्रोलिंगीलाई महाधिवेशन प्रतिनिधि बनाएको हो ।
नेविसंघले विधानमा नै संशोधन गरेर तेस्रोलिंगी प्रतिनिधि आउने तथा केन्द्रीय समितिमा निर्वाचित तथा मनोनित हुने बाटो खुल्ला गरेको थियो । त्यही प्रावधानमा टेकेर अहिले सुदुरपश्चिमको कैलालीका भक्ति शाह र रुकुमका साहस बटालालाई मनोनित गरेर महाधिवेशन प्रतिनिधि बनाएको हो ।
Bhakti‘नेपालमा धेरै पार्टीका भातृ संगठनहरु छन् तिनिहरुलाई उछिन्दै नेविसंघले तेस्रोलिंगीलाई प्रतिनिधि बनाएको छ यसले मलाई खुसी लागेको छ’ तेस्रोलिंगी विद्यार्थी भक्ति साहले भने, ‘अब अरु संगठनहरुका लागि पनि राजनीतिक भूमिकामा तेस्रोलिंगीलाई ल्याउन प्रेरणाको रुपमा यसले काम गर्ने अपेक्षा गरेको छुँ ।’ उनले नेविसंघले महाधिवेशन प्रतिनिधि मात्र नभएर केन्द्रीय समितिमा पनि समेट्ने अपेक्षा गरेका बताए ।
‘अब म नेविसंघ भित्र महिला पुरुष र पिछडिएको क्षेत्र जस्तै तेस्रोलिंगीलाई पनि नियमित रुपमा समेट्नका लागि आवाज उठाउँछु’ शाहले भने, ‘अब राजनीतिक भूमिकामा तेस्रोलिंगीलाई सशक्त बनाउन पहिला आफू सक्षम हुने प्रयत्न गर्छु ।’ प्रतिनिधि बनाएसँगै तेस्रोलिंगी विद्यार्थी भक्ति शाहले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने वताएका छन् ।
Sahas Batala‘म एकदमै खुशी छु कि अरु पार्टी भन्दा धेरै अघि बढेर नेपाली कांग्रेसको भातृ संगठनले तेस्रोलिंगीलाई समेटेको छ’ प्रतिनिधि बनेका तेस्रोलिंगी साहस बटालाले भने, ‘अब त्यहाँ भित्रबाट तेस्रोलिंगीलाई थप समेट्न र नीतिगत रुपमा राजनीतिक भूमिकामा ल्याउन म प्रयत्न गर्ने छुँ ।’ उनले आफू प्रवेश गरिसकेपछि अरु तेस्रोलिंगीलाई पनि राजनीतिमा लाग्न प्रोत्साहन गर्ने बताए ।
संविधानले सामाजिक न्यायको हकमा आठवटा प्रतिनिधित्वका र १५ वटा संरक्षणका क्लस्टर बनाएको छ । संविधानले तेस्रोलिंगीलाई संरक्षणको क्लस्टरमा राखेपनि नेविसंघले प्रतिनिधित्व नै गराएर उदार सुरुवात गरेको छ ।

समाचार शेयर गर्नुहोस्
772
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.