मन परेकी केटी भाउजु भएपछि …

मन परेकी केटी भाउजु भएपछि …

नीरमाया वि.क./पहिचान – एक दुई गर्दा गर्दै जिन्दगीको ३० औ बसन्त पार गरिसके मैले । यद्यपी बसन्त त मेरो जीवनमा बाल्यकाल बाहेक कहाँ आयो र ! सदैव हिउँ परिर¥यो, सिरेटो चलिरहर्याे मेरो जीवनमा अनि रुखो रहिरहे म, एउटा पतझर रुखजस्तै।

मेरो यस्तो भावना सुनेर कतिलाई दिक्क लाग्ला कतिलाई वाक्क। मैले गरेका जीवनका अनुभूतिहरु तपाईले महशुस गर्न पनि सक्नुहोला या नहोला। तापनि म आज सबैलाई सुनाउँदै छु मेरो ठगिएको जिन्दगीको आत्मकथा, पिल्सिएको जिन्दगीको जीवनकथा।

म संसारमा जन्म लिने महिला र पुरुष बाहेक भएर जन्मिए। अर्थात् तेस्रोलिंगी भएर। हुनतः जन्म मेरो अस्वभाविक होईन अनि न त स्त्री र पुरुष नछुट्टिने अङ्ग नै थिए मसँग। यसर्थ त्यतिबेला कसैलाई थाहा भएन मेरो अलग अस्तित्वको। म स्त्रीलिंगी थिए। यसर्थ नाम राखियो नीरमाया। हाम्रो परिवार त्यति धेरै सम्पन्न होइन।

कास्कीको काँडे लुम्लेमा मेरो घर, थोरै जग्गा पनि थियो, त्यसमै हात खुट्टा बजाथ्र्यौ, अन्न उव्जाउथ्यौ। गाई भैसी थियो। तिनलाई स्याहार गरी आएको दुधले घरको सामान्य खर्च टाथ्र्यौ। दुईवटा दाई पछि म जन्मे। यसर्थ महत्वकै थिए म। हामी हुर्कदै गयौ। घरको आर्थिक अवस्था त्यति धेरै सबल नभएकोले गर्दा दाईहरुले पढाई पनि बिचैमा छाडी कामको खोजी गर्दै काठमाडौ छिर्नुभयो। मेरो पढ्ने तीव्र ईच्छा।

यसर्थ परिवेशसँग संघर्ष गर्दै पढे मैलै। विहान बेलुका घरको कामसँगै गाँउलेको काम गर्न जान भ्याउथे म। यसविचमा पनि मेरो पढाई रामै्र थियो। मेरो शारिरीकसँगै मानसिक विकास हुदै गर्दा म स्त्रीलिंगी भएर स्त्रीप्रती नै आकर्षित हुने स्वभावको भएँ। सुरुमा म यो स्वभावदेखि डराएको थिए।

संसारमा केटाकेटी बिच आकर्षण भएको, केटाकेटी बिच प्रेम भएको, केटाकेटी बिच विवाह भएको अनि केटाकेटी बिच नै गृहस्थी चलेको मात्र थाहा थियो मलाई। यसर्थ ममा चाँहि किन यो अलग किसिमको आकर्षण पलाउदैछ भनेर आत्तिएको थिए म। तर मेरै गाँउमा अरु २ जना साथी पनि मजस्तै पाएँ मैले।

उनीहरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर। म उनीहरु जस्तो धेरै चञ्चल चाहि थिएन। घरको आर्थिक सामाजिक परिवेशले होला। म बच्चादेखि नै अन्तर्मुखी थिए। यसर्थ ‘असल’ शब्दको विशेषण थपिदिएका थिए मेरो नाममाथि छिमेकीहरुले। यसको प्रभावले नै होला कुनै बदमासी गरिएन बच्चाबेलामा।

कक्षा ८ पढ्दै गर्दा पल्लो गाउँकी नीला रिजालसँग मेरो आकर्षण रहन गयो। मेरो पढाई राम्रोे भएकाले सबै विद्यार्थी अनि शिक्षक मसँग नजिकिन्थे। यस्तै तवरले उनी पनि नजिकिएकी हुन मसँग। उनी राम्री थिइन। यसर्थ मैले उनलाई विशेष साथी बनाए। उनी अंग्रेजी विषयमा रुचि राख्थिन अनि मचाँहि विज्ञान र गणितमा। हामी भेटमा दुवै एकअर्कालाई सिक्ने सिकाउने गथ्र्यौ।

हाम्रो भेट वाक्लिदो थियो अनि सम्बन्ध पनि। विद्यालयको समयले मात्र नपुगेर हामी एकअर्काको घरमा ओहोर दोहोर गर्न थालिसकेका थियौ। उनी मलाई असल साथी, सहयोगी साथीको रुपमा हेर्थिन्। म भने उनलाई छुट्टै किसिमको प्रेम नै गर्न थालेको थिए। यद्यपी डरले भन्न चाहि सकिरहेको थिएन। एक दिन उनी हाम्रो घरमा बस्ने गरी आईन्। बेलुकाको खानापछि हामीसँगै सुत्यौ। त्यस रात मैले आफूले चाहेको व्यक्ति आफ्नो अगाँलोमा हुँदा आफूलाई नियन्त्रण गर्न सकिन र विस्तारै उनलाई स्पर्श गर्न थाले। उनले अवरोध गरिनन् बरु झन् मसँग टाँसिन थालिन्। यसरी त्यो रात हामीबिच सहवास हुन गयो।

अब मलाई आफ्नो फरकपनको बारेमा उनलाई भन्नु कुनै अप्ठेरो लागेन र भने पनि, अनि प्रेम प्रस्ताव पनि राखे। उनले स्वीकार गरिन्। मेरो खुशीको सीमा नै थिएन। संसार नै जितेझै लाग्यो। झन् धेरै मेहेनत गर्न थाले पढाइमा अनि काममा पनि। गाउँका सामाजिक कार्यक्रममा धेरै सक्रिय हुन थाले। सबैले मलाई धेरै राम्रो मान्थे। म उनलाई औधी माया गर्थे। यसर्थ म हरक्षण उनीसँगै रहन चाहन्थे। उनलाई हरेक काममा सहयोग गर्थे।

यहाँसम्म कि पल्लो गाँउको उनको घरमा पुगी घाँस काटीदिने लगायतका घरायसी काममा सहयोग गरिदिन्थे उनको प्रेमले मेरो जीबनमा वसन्त छाएको अनुभब थियो म आफैमा मग्न थिए मस्त थिए।

मेरो जेठो दाईले विवाह गर्नुभयो। पोखरातिरै काम गरी भाउजुलाई लिएर उतै बस्न थाल्नुभयो। घरमा उहाँहरुको कुनै आर्थिक सहयोग थिएन। माईलो दाई विदेशिनु भएको थियो। मलेसिया जानुभएको मेरो दाईले पनि खासै कामाइ गर्न नसकेको भन्दै घरमा आर्थिक सहयोग गर्नुभएको थिएन।

यसर्थ एस.एल.सी.पछि मेरो पढाईमा अवरोध आयो। एक बर्ष गाउँमै खेतबारीको काम गरी बसेँ। पढ्ने रहर मरेको थिएन। गाउँकै एउटा प्रा.वि.मा शिक्षक बन्ने मौका पाएँ। त्यसपछि भने आफुले पनि माछापुच्छ्रे उच्च मा.वि.मा +२ का लागि कक्षा ११ मा भर्ना भएँ। बिहानी कलेज थियो तर नियमित जान भने पाएको थिईन। यद्यपी राम्रै नम्बरसहित +२ पास गरे । नीला पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्न थालिसकेकी थिइन्।

यसर्थ हाम्रो भेट पहिलेको तुलनामा पातलिदो थियो। तर हामी एकअर्कालाई उत्तिकै माया गर्थेउ र उनी घर आएको प्रत्येक पटक हामी सँगै विताउथ्यौ हाम्रो समयहरु। उनी मलाई जीवनमा हार नखान प्रशस्त प्रेरणा दिन्थिन्। परिवारको जिम्मेवारी धानेकोमा गर्भ गर्न आग्रह गर्थिन्। यसरी नै चलिरहेथ्यो जिन्दगी ; केही अभाव, केही जिम्मेवारी, केही अप्ठेरो, केही आशा, अनि केही माया। हो, यसरी नै चलिरहेथ्यो मेरो जिन्दगी।

मेरो गाँऊका म जस्ता २ जना साथीहरु एकाएक गाउबाट गायव भएँ। मलाई उनीहरुको चासो थियो। यद्यपी म उनीहरुजस्तो गाँउमा खुलेको थिइन। उनीहरुले आफ्नो इच्छा अनुरुपको कपडा लगाउँथे र कपाल काटी केटा झैं बनाएका थिए। यो कुरालाई गाँउमा स्वभाविक रुपले लिइएको थिएन।

उनीहरु गाँउबाट हराउनुका पछिको कारण मैले उनीहरुको लैंगिकतालाई लिए। उनीहरुले यो गाँउ छाड्नुपरेको अवस्थालाई मैले मेरै आँखाले नियालेको थिए। यसर्थ मैले मेरो फरकपनलाई दुनियाँसामु खुल्ला प्रर्दशन नगर्ने निर्णय लिए र आफूलाई नियन्त्रण गर्दै गर्दै जिन्दगी बाँच्दै गएँ। विदेशबाट दाई आउनुभयो।

दाईको शरीर पहिलेको तुलनामा मोटाएको थियो, अनुहार चिल्लो भएको थियो, बाँकी कुनै परिवर्तन थिएन। निलाकै सल्लाहमा म पी.एन. क्याम्पस पोखरामा भर्ना भएको थिए। यद्यपी परीक्षा दिन मात्र पोखरा झर्थे। नीला गाँउ आउँदा मेरो घरमा आउँथी। उसको उपस्थितिलाई मेरो बुबाआमाले पनि रुचाउनुहुन्थ्यो।

ऊ राम्री थिई। दाईले उसलाई मन पराउन थाल्नुभएछ। यसर्थ नीलाका बारेमा मलाई प्रश्न सोध्न थाल्नुभयो। म उहाँलाई बताउन चाहन्थे नीला सिर्फ मेरी हो भनेर तर बताउन सकिन, अरुले मलाई के भन्ने हुन् भनेर तनाव थियो।

दुनियाँले मलाई छोरी भनेर चिन्थे यसर्थ केटी केटीबिचको सम्बन्धलाई अरुले बैधानिकता नदिने र नीलाको समेत यसमा बेइज्जती हुने डरले मैले केही बोल्न सकिन। आमाबाबुले पनि मलाई दाईको विवाहका लागि नीलासँग कुराकानी गर्न भनेपछि त एउटा चोटमाथि फेरी खुकुरीको प्रहार परेजस्तै भयो।

न म आफुलाई अभिव्यक्त गर्न सक्थे, न नीला मेरो दाजुलाई सुम्पन तयार हुन सक्थे। कसैलाई सुनाउन नसक्ने यो पीडाले मलाई भित्रभित्रै खोक्रो बनाउदै लग्यो। एक दिन नीलाले उनलाई मेरो दाई मन पर्न थालेको र उनीहरुबीच शारिरीक सम्बन्ध पनि भईसकेको भन्दै मसँग माफी मागीन्। म झन् गहिरो खाडलमा परे।

आफै सपना देख्न लगाई अनि आफै भत्काईन् त्यो सपनालाई उनले। म निस्तब्ध बने। केही भनिन उसलाई। अब मलाई ससांर हेर्ने रहर हुन छाड्यो, भोग्ने रहर हुन छाड्यो तैपनि जिन्दगीलाई मृत्युवरण गराउन लगाउन सकिन। मृत्युभन्दा झन् धेरै पीडादायक यहि जिन्दगी बाँच्न थाले म। केही दिन कोठाभित्रै गुप्तवास बसे।

फेरी बल्ल बल्ल आफैलाई थोरै सम्झाउने प्रयास गरे। आखिर नीलाको खुशी मेरो उद्देश्य हो त म उसको यो खुशीलाई किन स्वीकार नगरिदिउँ भन्ने लाग्यो। आफ्नो परिवार पनि पराई झैँ लाग्न थाले। संसारमा म एक्लो महशुस गर्न थाले सवैको संयुक्त चाह भएपछि निरीह म के नै गर्न सक्थे र? मेरै आँखाअगाडी मेरै प्रेमिकालाई दाईले घर भित्राउनु भयो। मेरो जिउने आधार टुट्यो, दैवले नि मलाई लुट्नसम्म लुट्यो।

हिजो उनलाई हेर्न आतुर मेरा आँखा अब उनलाई देख्नासाथ तर्सन थालेका थिए। यो कस्तो बिडम्बना! हामी एउटै छतमुनि थियौ। तर पनि चैन थिएन। सम्बन्ध बदलिएको थियो, समय बदलिएको थियो। म झन् नीरिह बन्दै थिए। म मेरो मनलाई एक्लै एक्लै सम्झाउदै थिए र पुनः पहिलेकै अवस्थामा आफुलाई ढाल्ने प्रयास गर्दै थिए।

उनी पनि मेरै विद्यालयमा अंग्रेजी विषय पढाउन थालिन्। उनी हर समय मेरै आँखाअगाडि हुन्छिन् तर मेरो भएर होईन। मलाई थाहा छ उनी पनि मलाई माया गर्थिन्। यसर्थ उनलाई पनि धेरै अस्वभाविकता त लागेको थियो होला, त्यो परिबेशमा। यसैले पनि हुन सक्छ उनले म प्रतिको व्यबहार एक्कासी परिवर्तन गरिन्। मसँग नबोल्ने, बोल्नै परे पनि झस्केर बोल्ने गर्न थालिन्।

गाँउमा सबैले मलाई राम्रो मान्थे। तैपनि गाँउमा गएर मेरा बारेमा नराम्रा कुरा गर्न थालेकी रहिछन्। म प्रेममा मात्र होइन जिन्दगीमा नै हारेको मान्छे, के गर्न सक्थे र? चुपचाप बसे अनि उनका विरुद्ध मलाई गर्नु पनि केही थिएन।

विवाहको छ महिनापछि नै बुवा आमा र मलाई छाडी उनीहरु छुट्टै बस्न थाले। मलाई अलिकति सहज भयो। फेरी पुरानै शैलीले जिन्दगी अगाडी चल्दैछ मेरो। फरक यति मात्र हो कि हिजो मसँग नीला नामकी उत्प्रेरक थिइन, प्रेमिका थिइन्, आज कोही छैन बश यति मात्र हो फरक। म अहिले पी.एन. क्याम्पसमा गणित विषयमा मास्टर गर्दै छुँ। अनि व्यवहार चलाउन शिक्षण पनि गरिरहेकै छु। आज गाँउबाट एकाएक हराएका मेरा २ साथी आफ्नो ईच्छा अनुशारको जिन्दगी जिइरहेका छन्।

हाम्रो समुदायको अधिकारका बारेमा आवाज उठाउदै छन् उनीहरु। उनीहरुलाई देखेर खुशी लाग्छ। अनि उनीहरुको त्यो आँटलाई सलाम पनि गर्न मन लाग्छ। म हिजो खुल्न डराए। अहिले पनि डराएरै आफूलाई खुम्चाएर बाचेको छुँ। ती साथीको अभियानमा प्रत्यक्ष सहयोग गर्न नसकेकोमा पीडाबोध हुन्छ। उमेर ढल्दै जादाँ भविष्यको चिन्ता पनि लाग्ने रहेछ। आमा बुवाले विवाह गर्न धेरै आग्रह गरिरहनुहुन्छ। तर पनि मैले उहाँहरुलाई मेरो चाहना अनि रहर बताउन सकिरहेको छैन।

यसरी थुपै्र आन्तरिक द्वन्द्व छटपटि भित्र बाँचेको छ मेरो जीवन। बाँचेको पनि के भन्नु मरिराछ भन्नु नै उपयुक्त होला। मैले समयमै आफुलाई आत्मप्रकाशन गर्न नसक्नुको पीडा जिन्दगीभरी भोग्ने भएँ। अब जिन्दगीमा एउटै उद्देश्यले जन्म लिएको छ–समाजसेवा गर्ने। साथीहरु खुलेर समाजसेवा गर्दै हुनुहुन्छ तर म अप्रत्यक्ष रुपले उहाँहरुलाई साथ दिईरहेको छु।

सामाजिक चेतना बढ्दो छ। यसर्थ म पनि अब छिट्टै खुलेर समाजमा प्रस्तुत हुन्छु होला। पीडाको यो जिन्दगी अब धेरै बाँचिरहन सक्दिन म। सायद् यसैको परिणामले हुनसक्छ, म आज यो मेरो आफ्नै आत्मकथा सबैलाई सुनाउने जमर्कोमा जुटे। जिन्दगी यस्तै रहेछ कहिले काडाँ अनि कहिले फूल।

तस्विर/इन्टरनेट 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading