समलिंगी तेस्रोलिंगी कम्प्युटर र अंग्रेजी भाषा सिक्दै

समलिंगी तेस्रोलिंगी कम्प्युटर र अंग्रेजी भाषा सिक्दै

राज चौधरी/कैलाली (पहिचान) भदौ ८ – यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि आधारभुत कम्प्युटर र अंग्रेजी भाषा तालिम सुरु भएको छ । जिल्ला विकास समिति कैलालीको आर्थिक सहयोगमा नील हिरा समाजको शाखा कार्यालय धनगढीले २५ जना समलिंगी तेस्रोलिंगीलाई आधारभुत कम्प्युटर तालिम र ५ जनालाई अंग्रेजी भाषा सिकाउन सुरु गरिएको हो ।

Dhangadiतेस्रोलिंगी आयआर्जन कार्यक्रम अन्र्तगत आधारभुत तालिम सुरु गरेको समाजको शाखा कार्यालय धनगढीका अध्यक्ष मनोज चौधरीले जानकारी दिए । जिल्ला विकास समिति धनगढीले समलिंगी तेस्रोलिंगीको क्षमतावृद्धिका लागि यौनिक तथा लैंगिक समुदायको अधिकार प्राप्तिको अभियानलाई अझै सशक्त बनाउन एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

जिविसले समाजको शाखा कार्यालय एकता नेपाललाई आधारभुत मानव अधिकार कार्यक्रमका लागि पचास हजार रुपैयाँ विनियोजान गरेको छ । जिविसबाट प्राप्त सहयोगमा गएको वर्षमा बंगुर पालन तालिम दिइएको थियो भने यो वर्ष आधारभुत कम्प्यूटर तालिम र अंग्रेजी भाषा तालिम दिएको अध्यक्ष चौधरी बताए । तालिम लिएका समलिंगी तेस्रोलिंगीले बंगुर पालन गरिरहेका छन् । चौधरीले समलिंगी तेस्रोलिंगीको यौन स्वास्थ्य र मानव अधिकारको विषयमा पनि वकालत गर्दै आएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading