२२ महिने बालकको उपचारका लागि आर्थिक सहयोग

२२ महिने बालकको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं (पहिचान) भदौ १३ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजले आगोले पोलेर घाइते २२ महिने बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । दुईलिंगी ( महिला र पुरुष दुवैसँगै शारीरिक सम्बन्ध राख्ने ) पारा ओलम्किपमा रजत पदक विजेता नवराज कार्कीका छोरा संयोग कार्कीको उपचारका लागि समाजले आर्थिक सहयोग गरेको हो ।

Samyog karkiगत सोमबार तातो चियाले शरिरमा पोलेर घाइते भएका संयोगको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । समूदायका सदस्यलाई अप्ठ्यारो पर्दा सहयोग गर्दै आएको समाजले २२ महिने बालकको उपचारका लागि ५ हजार रुपैयाँ सहयोग गरेको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । अध्यक्ष गुरुङको पहलमा यसअघि पनि रकम संकलन गरेर एक जना तेस्रोलिंगीको विर अस्पतालमा लागेको उपचार खर्च तिरेर डिस्चार्ज गरिएको थियो ।

संयोगको उपचारका लागि पहिचान मिडियाले पनि ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कार्यकारी निर्देशक भवानी घिमिरेले आर्थिक अभावमा उपचार सेवाबाट २२ महिने बालक बञ्चित हुनु नपरोस भनेर पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको वताइन । नील हिरा समाजकी अध्यक्ष गुरुङ र पहिचान मिडियाकी कार्यकारी निर्देशक भवानी घिमिरेले संयोग कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

संयोगका बुबा नवराज कार्की भारतमा भएको पहिलो पारा ओलम्पिक प्रतियोगितामा नेपाललाई रजत पदक जिताउने खेलाडि हुन् । कार्कीले आफ्नो आर्थिक अबस्था कमजोर भएका कारण उपचार गर्न कठिन भइरहेकोमा नील हिरा समाज र पहिचान मिडियाले सहयोग गरेकोमा धन्यवाद दिए । बालक संयोगको अवस्था अहिले सुधार हुँदै गएको कार्कीले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.