प्राप्त उपलब्धी उपभोग गरौं : अध्यक्ष गुरुङ्ग

प्राप्त उपलब्धी उपभोग गरौं : अध्यक्ष गुरुङ्ग

759
SHARES

कास्की (पहिचान) भदौ १६ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुगंले राज्यले सुनिश्चित गरेका अधिकार उपभोग गर्नु पर्नेमा जोड दिएकी छन् । देशभरका दुई सय समलिंगी तेस्रोलिंगी सहभागी पोखरामा बिहीबार सम्पन्न दुई दिने राष्ट्रिय परामर्स भेलाको समापन समारोहमा अध्यक्ष गुरुगंले राज्यले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई प्रदान गरेको अधिकार उपभोग गर्नु पर्ने बताएकी हुन् ।
Pinky“यहाँ उपस्थित दुईसय मध्ये कमैले मात्रै नागरिकता र राहदानी लिनुभएको छ । यसो गर्नुभएन । अन्य उल्लेख गरेको नागरिकता र राहदानी लिनुपर्छ । बाँकी अधिकार सुनिश्चित भएपछि उपभोग गर्दै जाउँला ।” उनले भनिन् ।
उनले राजनीतिक दलहरुलाई समलिंगी तेस्रोलिंगीको एजेन्डा आफ्नो एजेण्डा बनाउनु पर्ने अवस्था सृजना गर्नुपर्नेमा जोड दिइन् । दुईदिने राष्ट्रिय परामर्स भेलाले सार्वजनिक गरेका ८ बुँदे घोषणा पत्र लागू गर्दै जानुपर्ने भन्दै उनले नील हिरा समाजले लिने नीति र कार्ययोजना सबैले अबलम्बन गर्नुपर्ने बताइन् ।
केन्द्रबाट मात्रै काम गरेर नहुने भन्दै अध्यक्ष गुरुगंले स्थानीय तहबाटै अधिकार प्राप्तिका लागि संघर्षको विगुल फुक्नुपर्ने बताइन् । उनले भनिन्, “केन्द्रबाट मात्रै काम गरेर हुँदैन जिल्ला जिल्लाबाट सबैले पहल गर्नुपर्छ । अनि मात्र राज्यले हाम्रो आवाज सुन्छ ।”
समलिंगी विवाहलाई मान्यता दिन राज्यलाई दवाव दिनुपर्नेमा जोड दिएकी अध्यक्ष गुरुगंले आउँदा दिनमा सबैको सहयोग पाउने वातावरण बनाउँदै जानुपर्नेमा जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्
759
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.