तेस्रोलिंगीहरुको दुख सुख साटासाट गर्ने थलोको रुपमा मनाइयो तीज पर्व

तेस्रोलिंगीहरुको दुख सुख साटासाट गर्ने थलोको रुपमा मनाइयो तीज पर्व

BDSकाठमाडौं (पहिचान) भदौ १९ – नेपालमा रहेका समलिंगी तेस्रोलिंगी महिलाले हरितालिका तीज पर्व मनाएका छन् । विवाहिता समलिंगी तेस्रोलिंगी महिलाले जीवनसाथीको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहिताले योग्य जीवनसाथी पाउँ भनेर तीज पर्व मनाएको वताएका छन् ।

देशका विभिन्न ठाउँमा जस्तै काठमाडौंमा रहेका रहेका समलिंगी तेस्रोलिंगी महिलाले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजमा भेला भएर तीजका विभिन्न भाकाका गीत गाउँदै छमछम्ती नाँचेर मनाए । समाजका संस्थापक सुनिलबाबु पन्तले महिलाको मात्रै नभएर समलिंगी तेस्रोलिंगी महिलाले पनि तीज पर्व मनाउनु पर्ने वताएर सुरुवात गरिदिएपछि समाजकी अध्यक्ष पिंकी गुरुङले यसलाई निरन्तरता दिदै आएकी छन् ।Pinky Gurung

तीजको बिशेषता 
Teej 7हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेका थिए । हिमालयको योजना थाहा पाएपछि सखीहरूले पार्वतीलाई हरेर लुकाएर राखेको थिए ।

पार्वतीले त्यही लुकाएर राखिएको ठाउँमा श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको हो। भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठामीठा परिकार खाने चलन छ । तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस Teej 1पर्वमा पाइन्छ ।

हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो । त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको देखिन्छ । स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ ।Teej 2
हाम्रो पनि स्वतन्त्रता छ
नारी जस्तै आफूहरुको स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएर तीज मनाएको नील हिरा समाजकी अध्यक्ष गुरुङले वताइन । महिला घर परिवारमा भएको विभेदबारे खुलेर भन्ने दिनको रुपमा तीज पर्व मनाउने गर्छन अध्यक्ष गुरुङले भनिन्, समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको विभेद दुरव्यवहार साटासाट गर्ने कुनै पर्व नभएकाले तीज पर्वलाई सुख दुख साटासाट गर्ने अवसरका रुपमा मनाएका हौ ।

अध्यक्ष गुरुङले संविधानले जुनै पनि व्यक्तिले जोडि छान्ने प्रष्ट रुपमा व्यवस्था गरेकाले समाजमा खुलेर आएका समलिंगी तेस्रोलिंगीहरुले अहिलेको तीज आफ्नो वर छान्न पाउने र वरसँग जीवन विताउन पाउनु पर्ने नाराका साथ मनाएको जानकारी दिइन ।

उनले लुकेर बसेका समूदायका सदस्यलाई यो तीज पर्व खुल्ने अवसर समेत भएको वताइन । संविधानमा लेखिएको अधिकार लिनका लागि आफू स्वयं सवल र सजग हुनुपर्ने उनको सुझाव छ । अभियन्ताहरुले हात डोर्याएर अधिकार दिलाTeej 4उने होइन उनले भनिन्, कागजमा लेखिएको अधिकार लिन आफै अTeej 6गाडि बढ्नु पर्छ ।Teej 5

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.